Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
युवा पिडिको ताजा कथा बोकेर निर्माण भएको चलचित्र “सायद २” ले अन्तत आफ्नो प्रदर्शन मिति पक्का पक्कि गरेको छ । चलचित्र अब यहि आउदो असार ३० गते प्रदर्शन हुने कुरा निर्माता सुनिल रावलले जानकारी दिनु भएको छ । चलचित्रको अहिले नेपाल बाहिरको प्रदर्शनको काम भईरहेको छ । चलचित्रले बिदेशका नेपाली दर्शकहरुबाट अधिक माया पाएको छ । यस हिसाबले नेपालमा पनि चलचित्रले दर्शकहरुको अधिकतम माया पाउने विश्वास निर्माता रावलले ब्यक्त गर्नुभएको छ ।
दुर्गिश फिल्मसको प्रस्तुति रहेको चलचित्र “सायद-२” मा सुशील श्रेष्ठ , शारून श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल , सुशील सिटौला , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका हुन् भने निर्माता तर्फ सुनिल रावल , इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् | चलचित्रमा राजु विक्रम थापाको छायांकन , अस्ट महर्जनको द्वन्द र गोबिन्द राई एवं विक्रम स्वरको नृत्य निर्देशन समावेश रहेको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: