Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
काठमाडौँ उपत्यकामा स्थापित नेपालकै ठुलो दर्शक अटाउने क्षमता भएको चलचित्र मन्दिरको रुपमा अष्टनारायण पिक्चर्स प्रा.लि को नाम सबै भन्दा अगाडी छ । सिंगल थिएटरको हिसाबले फोर के प्रोजेक्सनको जडान गर्ने र दर्शकहरुलाई मनोरंजन दिदै आइरहेको एक मात्र सिनेमा हल पनि अष्टनारायण पिक्चर्स नै हो । यसै अष्टनारायण पिक्चर्स परिवार माथि यति बेला दुखद घडी आएको छ ।
अष्टनारायण पिक्चर्स प्रा. लि . का संचालक त्रिरत्न मानन्धरका ममतामयी आमा श्रीमती चिनीमाया मानन्धरको ८५ वर्षको उमेरमा आज असामयिक निधनको दुखद खबरले सबैलाई मर्माहित तुल्याएको छ । ६ छोरा र ३ छोरीका आमा चिनीमाया काठमाणडौ क्षेत्र नं ७ का सभासद रामवीर मानन्धरका समेत ममतामयी माता हुनुहुन्थ्यो। यस दुखद घडीमा शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै स्वर्गीय चिनीमाया मानन्धरको आत्माको चिरशान्तिको लागि मनोरंजनसंसार डटकम परिवार कामना गर्दछौ ।

Leave a Reply

%d bloggers like this: