Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गतेको प्रदर्शन मिति संगै आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको चलचित्र “लप्पन छप्पन” को इन्टरनेसनल राइट्स बिक्रि भएको छ । नेपालको हाईलाईट्स कम्पनीले यस चलचित्रको इन्टरनेसनल राइट्स ५८ लाखको एमजीमा खरिद गरेको छ । यो निकै ठुलो सोल्ड आउट हो । नेपाली चलचित्रले यसरी यति ठुलो मोल पाउनु त पक्कै पनि राम्रो कुरा नै हो । यस्तै यस्तै हाईलाईट्स कम्पनी र गोल्डेन हिल्स पिक्चर्स बिचको सहकार्यमा सबै कार्य हुने कुरा पनि तय भएको निर्माण पक्षेले बताएको छ । यसको अर्थ दुवै कम्पनीले मिलेर चलचित्रको सबै कारोबार गर्नेछन् । चलचित्रको ट्रेलर सार्वजनिक भए लगतै युटुबमा अधिक दर्शकहरुले चलचित्रको ट्रेलरलाई मनपराएका छन् । यस्तै ट्रेलर हेरिसकेपछि कमेन्ट गर्नेको पनि लस्कर देखियो ।
lappan-chappan
चलचित्रमा दर्शकहरुले धेरै कुराको अनुभव गर्न पाउनु हुने पनि प्रष्ट देखिन्छ । चलचित्रमा समावेश अधिकांश छायांकन नेपाल बाहिरको रहेको छ भने चलचित्रमा कलाकारहरुको अभिनय पनि केहि फरक रहेको छ । चलचित्रको कथा वस्तु र प्रस्तुति चलचित्रको अब्बल पक्षे रहेको कुरा निर्माण पक्षेले बताएको छ ।
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रका निर्देशक मुकुन्द भट्ट हुन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: