Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
तिब्र प्रचार प्रसारमा जुटेको चलचित्र “तारेभीर” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “निलो निलो खुल्ला आकाश” बोलको गीतमा मिना सिंघाक शब्द , प्रकाश गुरुङको संगीत र रिमा गुरुङको स्वर रहेको छ । गीतमा गोबिन्द राईले नृत्य निर्देशन गरेका छन् ।
नेकस्ट जेनेरेसन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायतको कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाई प्रेम सुब्बाले निर्देशन गरेका छन् । चलचित्रका निर्माता भने डियो कृष्ण दिवान हुन् । चलचित्रको प्रदर्शन मितिको बारेमा भने अझै कुनै खुलासा गरिएको छैन ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: