Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रमा आफ्नो छुट्टै पहिचान बोकेर अघि बढेकी नायिका रेखा थापाले आफ्नो नया चलचित्र “रुद्रपिया” को निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्म्सले निर्माण गर्ने यस चलचित्रमा नायिका रेखा थापा नै लिड अभिनयमा रहेकी छिन् । यस्तै उनको यस चलचित्रमा २ नायक रहने छन् । ति २ नायक निर्देशक पनि हुन् । चलचित्रमा अनुबन्दित २ नायक मध्य एक हुन् सुदर्शन थापा जसले “प्रेम गीत” जस्तो चलचित्र निर्देशन गरेर ख्याती कमाई सकेका छन् भने अर्को नायक हुन् निर्देशक अर्पण थापा जसले “मुखौटा” नामक चलचित्रको निर्देशन गरिसकेका छन् ।
यस्तै चलचित्रमा सुरेश अधिकारीको संगीत र संजय लामाको छायांकन रहने छ । यस्तै चलचित्रलाई निर्देशक सुदिप भूपाल सिंहले निर्देशन गर्ने छन् जसले यो भन्दा अगाडी माला नामक चलचित्रको निर्देशन गरिसकेका छन् । चलचित्रको चैत्र महिना देखि छायांकन सुरु हुने कुरा निर्माण पक्षेले जानकारी दिएको छ । सधै जस्तै रेखाको यो चलचित्र पनि नारी प्रधान नै हुनेछ । चलचित्र आउदो बर्षको दशैंमा प्रदर्शन हुने कुरा पनि निर्माण पक्षेले बताएको छ ।
सरस्वती थापा निर्माता रहेको यस चलचित्रमा उनि संग रमेश पौडेलले टिम अप गरेका छन् । उनको चलचित्रमा ५० प्रतिशत शेयर रहने छ । रमेश पौडेल सिम टिभिका मेनेजिङ डिरेक्टर पनि हुन् । रेखाले यो भन्दा अगाडी “कसले चोर्यो मेरो मन फेरी” निर्माण गर्ने कुरा बाहिर आएको थियो । तर उक्त चलचित्रको स्क्रिप्ट अझै फाईनल नभएकोले केहि समय लाग्ने भएकोले आफुहरुले यो नया चलचित्रमा काम अगाडी बढाएको कुरा रेखाले बताईन ।

Leave a Reply

%d bloggers like this: