Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
माघ २८ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “डाइङ क्यान्डल” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलर संगै चलचित्रले आफ्नो प्रचार प्रसार पनि तीव्र रुपमा अगाडी बढाएको छ ।
उत्तम फिल्म्स , नेसनल मिडिया र मदर प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सृजना सुब्बा , लाक्पा सिंगी तामाङ , सौगात मल्ल , अर्पण थापा , बिद्या कार्की लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको चलचित्रमा रबिन आचार्य , उत्तम केसी र बिमल सुबेदीको लगानी रहेको छ ।
दिदी भाईको आत्मीय सम्बन्धमा आधारित रहेको चलचित्रले क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड जिते लगत्तै चर्चामा आएको थियो । सार्वजनिक ट्रेलरमा हामी मार्मिक कथाको अनुभव गर्न सक्छौ । चलचित्र नेपाली सामाजिक कथाको सेरोफेरोमा बुनिएको पनि प्रष्ट देखिन्छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: