Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “किङ” लाई दर्शकहरुले गरेको मायाले उत्साहित निर्माता जयन श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो नया चलचित्रको घोषणा गरेका छन् । “जेम्स” नामक चलचित्रमा उनले यसै टिम संग काम गर्ने कुरा समेत बताएका छन् अर्थात् चलचित्रको निर्देशन एकपटक फेरी शबिर श्रेष्ठले गर्नेछन् । चलचित्र “किङ” को सफलताले गर्दा आफुमा अर्को चलचित्र निर्माणको लागि हौसला मिलेको कुरा निर्माता जयन श्रेष्ठले बताएका छन् । यस्तै उनले आफ्नो नया चलचित्र “जेम्स” आउदो बर्षको दशैंमा प्रदर्शन हुने कुरा पनि उल्लेख गरेका छन् | पुस २८ गते देखि प्रदर्शनमा आएको चलचित्र “किङ” लाई दर्शकहरुले अधिक रुचाएका छन् ।
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ” मा निखिल उप्रेती , अनुप विक्रम शाही , बेनिषा हमाल , रुपा राना , प्रज्वल सुजल गिरी , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन शबिर श्रेष्ठले गरेका छन् | चलचित्रमा संजय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: