Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो अमुल्य योगदान दिदै आएका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको “बास गर मेरी माया” बोलको गीतमा संगीतकार तथा कम्पोजर अम्बर तुम्बापो सुब्बाले संगीत भरेका छन् भने गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वरले गीतलाई अझै राम्रो बनाएका छन् । गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र कम्पोजिसनले ठुलो भूमिका खेलेको छ । उनको कामको पनि यति बेला औधि चर्चा भईरहेको छ । अमेरिकामा मात्र नभएर नेपालमा पनि उनको कामको उल्लेखनीय प्रशंसा भईनै रहेको छ । बहुमुखी प्रतिभाको धनि उनि अहिले नया नया प्रस्तुति दर्शक श्रोताहरुको माझमा लिएर आउने जमर्को गरिरहेका छन् ।
gopi-dahal
गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ । यसको निर्देशन पनि स्वयम रचनाकार गोपी दाहालले नै गरेका छन् । उनि यसै म्युजिक भिडियो मार्फत निर्देशन तर्फ पनि अग्रसर भएका छन् । उनको पहिलो प्रयास भए पनि निकै नै राम्रो काम उनले यसमा गरेका छन् । प्रस्तुत म्युजिक भिडियोमा भानु तिवारी , मुना बस्नेत र प्रकाश नौभागले अभिनय गरेका छन् । ल्याब ३ कृयुको प्रस्तुति रहेको यस म्युजिक भिडियोलाई लक्ष्मी अधिकारीले निर्माण गरेका हुन् । ल्याब ३ कृयु अमेरिकामा निकै चर्चामा रहेको छ | ल्याब ३ कृयुले अहिले सम्म धेरै म्युजिक भिडियोको निर्माण गरिसकेको छ | अमेरिकामा रहेर पनि ल्याब ३ कृयुले नेपाली गीत संगीत र कला साहित्यलाई विस्तार गरिरहेको छ |
gopi-dahal
gopi-dahal
भानु तिवारी एक सफल मोडल मात्र नभएर , छायाँकार , इडिटर र निर्देशक पनि हुन् । उनि अभिनयमा पनि निकै प्रतिभाशाली व्यक्ति हुन् । उनले नेपाली चलचित्र क्षत्रमा पनि आफ्नो कामको जादु देखाईसकेका छन् । यस्तै अब उनि फेरी नेपाली चलचित्रमा सक्रिय हुने तयारीमा रहेका छन् । बिदेशमा रहेर पनि उनले नेपाली कला क्षत्रमा निकै अग्रसर भएर लागिपरेका छन् ।
gopi-dahal
रचनाकार गोपी दाहालले अब निर्देशकको उपाधि पनि लिएर हिडेका छन् । उनले आफ्नो रचना देखि धेरै दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । उनको अहिलेको सम्मको काम देखि उनको प्रशंसकहरुको संख्या पनि बढ्दो छ । सबै खालका गीत रचना गर्ने खुबी बोकेका उनले अहिलेको माहोललाई मध्य नजर गरेर अहिलेको नया गीत तयार गरेका छन् । अमेरिकामा बसेर मेहेनत गरेर काम गर्दा पनि नेपाली गीत संगीतको लागि भने उनले अलिकति पनि समय कम हुन दिएका छैनन् ।
gopi-dahal
gopi-dahal
उनको अरु पनि धेरै कामहरु आउने तयारीमा रहेका छन् । आगामी दिनहरुमा दर्शक श्रोताहरुको लागि आफुले धेरै नया कुराहरु पेश गर्ने तयारीमा रहेको कुरा उनले उल्लेख गरेका छन् । यस्तै उनले आफुले निर्देशन गरेको पहिलो कामको बारेमा प्रतिक्रिया प्रदान गरिदिनुहुन सबै माझ बिन्ति समेत गरेका छन् । आफ्नो कामलाई हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनु हुन दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: