Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडिको घोषणा पश्च्यात फ्लोरमा गएको चलचित्र “पर्व” ले आफ्नो पहिलो गीत छायांकनको एक हफ्ता मै सार्वजनिक गरेको छ । “काले दाई” बोलको सार्वजनिक गीतमा दिनेश राउतको शब्द , कोशिश क्षत्रीको संगीतको साथमा निश्चल बस्नेत र मिना निरौलाले आफ्नो सुमधुर स्वर भरेका छन् । सार्वजनिक गीतको भिडियो हामी निश्चल बस्नेत र हट मोडलले परिचित माला लिम्बुको रोमान्चक डान्स हेर्न सक्छौ । लोक फ्लेवरको उक्त गीतमा दुवै जनाले उत्कृष्ट नृत्य पेश गरेका छन् । यस गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
parv
सुवास इन्टरटेन्मेन्ट अनि गोपिकृष्ण टिभी फिल्मीको ब्यानरमा बनेको फिल्मका निर्देशक दिनेश राउत हुन् । चलचित्रमा नम्रता श्रेष्ठ , माला लिम्बु , कोशिश क्षत्री , केशव भट्टराई , जेबिका कार्की , अमितेश शाह , प्रिया रिजाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन , हिमाल केसीको द्वन्द , सुरेन्द्र पौडेलको सम्पादन र कोशिश क्षत्रीको कथा समावेश गरिएको छ । चलचित्रका निर्माता तर्फ भने निकिता पौडेल र सुबास गिरी रहेका छन् ।
चलचित्रको अहिले धमाधम छायांकन भईरहेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: