Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
२०५७ सालबाट सुरु भएको “कलिउड सिनेमा अवार्ड” को सातौ संस्करण लण्डनमा हुने भएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रम बीच यसको बारेमा जानकारी गराइएको हो । बर्ष २०१६ भरी प्रदर्शनमा आएका फिल्महरु बीच प्रतिस्पर्धा गराउँदै उत्कृष्टता खोज्नको लागी संगिक्षा फिल्मस् ईन्टरटेन्मेन्टले लण्डनको लागी थर्ड आइ इन्टरटेन्मेन्ट संगको सहकार्य संगै यस अवार्डको आयोजना गर्न लागेको हो । छैटौं संस्करण सफलताका साथ सम्पन्न भए पश्च्यात केहि बर्ष यता रोकिएको यस अवार्डलाई फेरी आयोजना गर्न लागिएको हो ।
नेपालमा यस अवार्डको जिम्मा संगिक्षा फिल्मस् ईन्टरटेन्मेन्टका निर्देशक मनोज केसीले लिएका छन् । उनले बिगत लामो समय देखि यस अवार्डको सफल रुपमा आयोजना गर्दै आएका थिए । तर पछि उनि नेपाल प्राविधिक संघका अध्यक्षको पदमा दाखिला भए संगै उनले यस अवार्डलाई रोकेर नेफ्टा अवार्ड गर्दै आइरहेका थिए । तर अहिले फेरी उनले उक्त आफ्नो रोकिएको अवार्डको आयोजना गर्ने भएका छन् । उनले केहि समय अगाडी मात्रै दुबईमा सफल रुपले “नेपाली म्यूजिक भिडियो अवार्ड” को आयोजना गरेर आएका पनि छन् ।
kollywood cinema award
यस्तै कार्यक्रममा बोल्दै लण्डनको लागी थर्ड आइ इन्टरटेन्मेन्टका निर्देशक अजय राईले यस अवार्डको आयोजनामा कुनै पनि किसिमको कमजोरी आफुहरुले नछोड्ने र सके सम्म यस अवार्डलाई विवाद मुक्त बनाउने प्रयास गर्ने कुरा उल्लेख गरेका छन् । यस्तै उनले सबैलाई यस अवार्ड अन्तर्गत कुनै जाती, धर्म र राजनीतिलाई बोकेर लण्डन नआउन आयोजक र चलचित्रकर्मीलाई आग्रह समेत गरेका छन् । उनलाई यस काममा थर्ड आईको तर्फबाट धेरै बर्षदेखि लण्डनमा बस्दै आएका विकास देवकोटाले दिने भएका छन् ।
यस्तै कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता केशव भट्टराई, नायक निखिल उप्रेती, सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा लगायतले अवार्ड सफलताको शुभकामना दिएका थिए । आयोजक पक्षेले जानकारी दिए अनुसार करिब १५ विधामा अवार्डको नोमिनेसन हुने छ । यसै गरि अवार्डको पूर्ण तयारीको साथमा लण्डनको माहोल बुझ्नको लागि नेपाली आयोजक टिम लण्डन समेत जाने छ । त्यस पश्च्यात आयोजना हुने प्रेसमिटमा प्रतिस्पर्धा हुने विधा, जुरी लगायत सम्पुर्ण विषयको बारेमा जानकारी गराईने बताईएको छ । आउदो मे महिनामा अवार्ड गर्ने तयारी नेपाल र लण्डन पक्षेका आयोजकले गरेका छन् ।

Leave a Reply

%d bloggers like this: