प्रदर्शनको तेस्रो दिन सम्म आइपुग्दा अधिक दर्शकहरुले दिए “लभ साशा” लाई माया अनि सम्मान

मनोरंजनसंसार डटकम
पुराना निर्माता माधव वाग्लेको निर्माणमा तयार भएको चलचित्र “लभ साशा” ले प्रदर्शन तेस्रो दिन सम्म आइपुग्दा दर्शकहरुबाट राम्रो साथ पाईरहेको छ । मल्टिप्लेक्सका दर्शकहरुले चलचित्रलाई अधिक रुचाईएको पाइएको छ । चलचित्र लव स्टोरी जेनेरमा तयार भएको हुदा पनि अहिलेको युवा पिडि चलचित्र प्रति बढी आकर्षित भएको देखिएको छ । चलचित्र हेर्ने दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया नै आईरहेको छ । चलचित्रमा कलाकार अनि अधिकतम रुपमा निर्देशक तथा लेखक प्रचण्डमान श्रेष्ठको चर्चा भईरहेको छ । सामान्य कथालाई सहि ढंगले प्रस्तुत गर्न सक्नु उनको खुबी रहेको कुरा सबैले यति बेला बताईरहेका छन् । चलचित्र समिक्षकहरुले पनि चलचित्रको बारेमा खुलेर प्रशंसायुक्त हिसाबले समिक्षा गरिरहेका छन् ।
love-sasha
पुस २८ देखि प्रदर्शनमा आएको चलचित्रले तेस्रो दिन सम्मको यो यात्रामा दर्शकहरुको राम्रो साथले अगाडी अझै राम्रो गर्ने संकेत देखाएको छ । चलचित्रमा समावेश संवादले अधिकतम दर्शकहरुको मन छोएको छ । यस्तै चलचित्रको कथा वस्तु र भावले पनि धेरैको मन छोएको छ । आगामी दिनहरुमा समेत यस्ता चलचित्रहरुको निर्माण हुनु पर्ने र नेपाली चलचित्रमा समेत अब नयापनको आभास हुने थालेको कुरा पनि दर्शकहरुबाट प्राप्त भएको छ । दर्शकहरुको प्रतिक्रिया अनि माया र सम्मानले आफुलाई निकै खुशी अनि हौसला मिलेको र उत्साहित भएको र आगामी दिनहरुमा पनि यो भन्दा राम्रो चलचित्र लेखन अनि निर्देशन गर्ने प्रतिबध्ता लेखक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले जाहेर गर्नुभएको छ |
love-sasha
पपकर्न पिक्चर्सद्वारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज र दि टि फोकस फिल्म्सको निर्माणमा तयार भएको चलचित्रमा कर्मा , केकी अधिकारी , शिवानी चालिसे , विकास जोशी , रश्मी भट्ट र आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | यसका साथमा चलचित्रमा शिवराम श्रेष्ठको छायांकन , लोकेश बज्राचार्यको सम्पादन र पार्श्वधुन जेसन कुंवरको संगीत समावेश रहेको छ | चलचित्रको प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने पब्लिसिटी डिजाइनको जिम्मा स्वप्निल आचार्यले लिएका छन् |
हेन्रुस ट्रेलर :

Leave a Reply