Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते देखि प्रदर्शनमा आएको चलचित्र “किङ” ले शनिवारको दिन बम्पर व्यापार गरेको छ । चलचित्रले काठमाडौँ उपत्यकामा मात्र नभएर उपत्यका बाहिर पनि हाउसफुल शो गरेको छ । बिदाको दिनको पुरा फाईदा चलचित्रले उठाएको छ । चलचित्र हेर्ने दर्शकहरुको भिड काठमाडौँको गोपी कृष्ण हलमा हेर्न लाएक रहेको थियो । चलचित्र हेर्नको लागि दर्शकहरुको ठुलो भिड त्यहाँ जम्मा भएको थियो । एक हिसाबले भनौ भने सिंगल थिएटरमा चलचित्रले पुरा कब्जा नै गरेको छ । चलचित्र हेर्ने दर्शकहरुले पनि चलचित्रको बारेमा सकारात्मक प्रतिक्रिया नै दिएका छन् । यो हिसाबले अब अगाडी चलचित्रको वोर्ड अफ माउथ पब्लिसिटी पनि निकै नै राम्रो हुने सम्भावना देखिन्छ ।
king
चलचित्रले मल्टिप्लेक्समा पनि दर्शकहरुको साथ पाइरहेको छ । अनुप विक्रम शाहीको प्रभाव मल्टिप्लेक्समा अधिक परेको देखिन्छ । यस्तै बाहिर पनि उनको कामको सबैले प्रशंसा नै गरेका छन् । नया लुक्स अनि नया प्रस्तुतिको साथमा उपस्थित भएका उनि पनि शनिवार दर्शकहरुको साथमा रमाए । यस्तै चलचित्रमा एक्शन नायक निखिल उप्रेतीको कामले दर्शकहरुको मन जितेको छ । उनको नया शैली र प्रस्तुतिले अधिकांश दर्शकहरुको मन खुशी पारेको छ । यस्तै चलचित्र हेरेर निस्केपछि दर्शकहरुले चलचित्रको तारिफ मात्र गरेका छन् । चलचित्रको कथा वस्तु एक्शनको साथमा प्रस्तुति निकै नै राम्रो भएको कुरा उल्लेख गरेका छन् ।

king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ”मा निखिल उप्रेती , अनुप विक्रम शाही , बेनिषा हमाल , रुपा राना , प्रज्वल सुजल गिरी , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन शबिर श्रेष्ठले गरेका छन् | चलचित्रमा संजय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
king
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: