Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
नायक सौगात मल्ल र नव नायिका कमली वाईबा अभिनित पुस २८ देखि प्रदर्शनमा आएको चलचित्र “शब्द” लाई अधिकतम दर्शकहरुले माया गरेका छन् । चलचित्र पूर्ण रुपमा नेपाली सामाजिक हिसाबमा तयार भएको कुराहरु पनि बाहिर आएको छ । चलचित्र हेर्न अधिकांश चलचित्रको बारेमा खुलेर प्रशंसा गरेका छन् । चलचित्रको गीत संगीत पक्षे र प्रस्तुति निकै नै उत्कृष्ट रहेको सबैले बताएका छन् । चलचित्रमा झल्किएको नेपालीपन र रमणीय दृश्यहरुले दर्शकहरुको मन पनि छोएको छ ।
sabda
चलचित्रको कथा वस्तु नेपाली रहनसहन र सामाजिक परिस्थितिको सेरोफेरोमा तयार भएको हुनाले पनि दर्शकहरुले चलचित्रलाई आत्मसाथ गरेका छन् । कलाकारहरुको अभिनय पनि निकै नै राम्रो रहेको र सबैले आफ्नो पात्रलाई न्याय गरेको कुरा दर्शकहरुले बताए । चलचित्र यति बेला नेपालमा प्रदर्शन भईरहदा चलचित्रका लिड कलाकार सौगात र कमली भने अस्ट्रेलिया पुगेका छन् । उनीहरु त्यहाँ चलचित्रको रेड कार्पेट प्रिमिएरको लागि पुगेका हुन् ।
sabda
ऊ : ओम श्री बज्रयान पिक्चर र बिष्णु कुमार थेबेको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल , अनुभव रेग्मी , कमली वाईबा , रोय दीप श्रेष्ठ , ओशिन भट्टराई , अर्जुन गुरुङ , अनोज लगाएतका कलाकारहरुले अभिनय गरेका छन् | चलचित्रका निर्देशक सन्तोष शिवाकोटी रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता क्षिरिङ्ग दोर्जे लामा हुन् | चलचित्रमा शिव ढकालको छायांकन , प्रदिप श्रेष्ठको नृत्य , डा. कृष्ण हरि बराल र राजन राज शिवाकोटीको शब्द , राजन राज शिवाकोटी र गैरे सुरेशको संगीत , एन बि महर्जनको द्वन्द र बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन समावेश रहेको छ | चलचित्रलाई यम थापाले लेखेका हुन् |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: