Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
मंगलवार राष्ट्रिय नाच घरमा अभिनय गर्दा गर्दै अकस्मात निधन भएका कलाकार बिष्णुभक्त फुयाँल (ओ माई लभ) को बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएको छ । प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा तीन घण्टा भन्दा बढि समय श्रद्धाञ्जलीको लागी राखिएपछि उनको पार्थिव शरिर अन्तिम दाह संस्कारको लागी आर्यघाट लगिएको थियो ।
sambhujit
प्रज्ञा भवनमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नको निमित्त विभिन्न बरिष्ट नेता देखि कलाकारहरुको उपस्थिति रहेको थियो । पुर्व प्रधामन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, संचारमन्त्री राम कार्की, नागरिक उड्यन तथा संकृती मन्त्री जीवनबहादुर शाही, शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी लगाएतका नेताहरु स्वर्गीय बिष्णुभक्त फुयाँलको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ पुगेका थिए ।
dhurmus-suntali-rip-fuyal
यस्तै नेपाली कला क्षत्रका पनि बिशिष्ट व्यक्तिहरुको त्यहाँ झम्घट भएको थियो । दिपक राज गिरी , दिपाश्री निरौला, धुर्मुस सुन्तली , सम्भुजित बास्कोटा लगाएतका थुप्रै कलाकार त्यहाँ ठुलो संख्यामा उपस्थित भएका थिए । उनको अकस्मात निधन प्रति त्यहाँ सहभागी सबैले दुख प्रकट गरे ।
bishnu-bhakta-phuyal
मंगलवार जमल स्थित राष्ट्रिय नाच घरमा “महर्षी याज्ञ वैल्क्य” नामक नाटकमा राजा जनकको अभिनय गर्दा गर्दै उनले अकस्मात यो धर्ति छोडेर गए । उनले ७९ बर्षका उमेरमा यो संसारलाई बिदा गरेर गए । उनको नेपाली कला साहित्य र चलचित्र क्षत्र प्रति ठुलो योगदान रहेको छ । उनि सबैको मनमा सधैको लागि अमर भईसकेका छन् ।

Leave a Reply

%d bloggers like this: