Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली गीत संगीतको बजार निकै तिब्र गतिमा फस्टाउने क्रममा छ । नेपाली गीत संगीतको चौतर्फी विकासको कार्यमा यति बेला सबैले आफ्नो योगदान दिदै आफ्नो तर्फबाट प्रयास गरिरहेको अवस्था छ । यस्तै नेपाली गीत संगीतमा गायक , रचनाकार , संगीतकार संगै धेरै नया प्रतिभाहरुको आगमन बढेको छ । यसले नेपाली गीत संगीतलाई माथि स्तर सम्म पनि लिएर गईरहेको छ । यस्तै यति बेला हाम्रो नेपाली सांगीतिक बजारमा गीत संगीत संगै भिडियो मेकिङको राम्रो छाप पर्दै गैरहेको छ । नया नया सोच अनि प्रतिभा भएको निर्देशकहरु यो क्षत्रमा पाईला राख्दै हुनु हुन्छ । यस्तै एक व्यक्ति हुन् निर्देशक शम्सेर योन्जन ।
samser-yonjan
उहा बिगत लामो समय देखि नेपाली कला साहित्यको साथमा नेपाली गीत संगीतमा अग्रसर भएर लागिपर्नु भएको छ । उहाले आफ्नो लामो समयको अनुभवलाई अहिले आएर भने सहि निर्देश गर्नुभएको छ । उहाले आफ्नो पहिलो निर्देशनमा “फुल मा खोजे” बोलको गीत बाहिर सार्वजनिक गर्नुभएको छ । उहालाई यस म्युजिक भिडियोको निर्देशनमा श्री गणेश शर्माले पनि साथ दिनु भएको छ । उक्त गीतमा एम डी राई र रेखा शाहले आफ्नो सुमधुर स्वर भरेका छन् भने संगीतको काम भने कमल खत्रीले गरेका छन् । यस्तै गीत निकै राम्रो रहेको छ यसको साथमा गीतको म्युजिक भिडियो पनि अत्ति नै सुन्दर तयार भएको छ जसमा लिल्चन कुलुङ र सम्राज्ञी प्रधानले राम्रो अभिनय प्रस्तुत गरेका छन् ।
samser-yonjan
शम्सेर योन्जनकै छायांकन र निर्देशनमा तयार भएको उक्त गीतको छायांकनको काम नेपाल बाहिर गरिएको छ । गीतको म्युजिक भिडियोमा विदेशको सुन्दर दृश्यहरुलाई निकै अब्बल तरिकामा कैद गरिएको छ । निर्देशक सम्सेर योन्जनको यो पहिलो निर्देशन भएता पनि काम भने उहाले एकदमै राम्रो तरिकाले गरेर देखाउनु भएको छ । दर्शकहरुको चाहनालाई मध्य नजर गरेर उहाले उक्त भिडियोमा निर्देशन गर्नुभएको छ । उहालाई हामी यति बेला निर्देशकको नजरले मात्र हेर्न सक्दैनौ किन भने उहा बिगत लामो समय देखि हाम्रो नेपाली भाषा संस्कृतिलाई बिदेशमा समेत विस्तार गर्ने अभिनयमा जुटेका छन जुट्नु भएको छ । दुबईमा हुने प्राय संस्कृतिक कार्यक्रमको जिम्मेवारी उहाले नै लिने गर्नुभएको छ। नेपाली कलाकारहरुलाई सहि ढंगले बिदेशमा लगेर त्यहाँ रहेका नेपालीहरुलाई उहाहरुको प्रस्तुतिले भरपुर मनोरंजन गराउने र हाम्रो संस्कृतलाई जगेर्ना गर्ने काम उहाले अहिले पनि गरिने रहनु भएको छ ।
samser-yonjan
हाम्रो भाषा कला संस्कृति बिदेशमा पनि विस्तार हुनु पर्छ र हामी सबै नेपालीहरुले जहाँ रहे पनि यसको सम्मान गर्नु पर्छ भन्ने मान्यता उहा राख्नु हुन्छ । यस्तै उहाले आगामी दिनहरुमा दर्शकहरुको निम्ति अझै राम्रो राम्रो भिडियोहरु तयार गर्ने प्रतिबध्ता जाहेर गर्नु भएको छ । यस्तै दर्शकहरुको साथ र मायाले आफुलाई धेरै शक्ति र हौसला प्रदान हुने भएकोले आफ्नो यस म्युजिक भिडियोलाई हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनु हुन दर्शकहरुलाई उहाले हृदय देखि नै हार्दिक अनुरोध समेत गर्नु भएको छ ।
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: