Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली कला क्षत्रमा आफ्नो योगदान दिदै आइरहनु भएको र नेपाली दर्शकहरुको मनको ढुकढुकीमा बस्न सफल हुनु भएका चर्चित अनि वरिष्ठ कलाकार विष्णुभक्त फुयाँल (यो माई लभ ) को आज दिउसो निधन भएको छ | मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका (बेहोस भएका) उनको विर अस्पतालमा निधन भएको हो ।
रंगमंचमै ढलेपछि तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याईएका फुयाँलको उपचारमा संलग्न चिकित्सकले निधनको पुष्टि गरेका थिए । बद्री अधिकारी निर्देशित “महर्षी वाक्यालव्य” नामको नाटकमा उनी मुख्य पात्र निभाईरहेका थिए । अहिले अस्पताल परिसरमा कलाकर्मीहरुको धुलो भिड लागिरहेको छ | देशले फेरी एउटा ठुलो सम्पति गुमाएको छ |
स्वर्गीय विष्णुभक्त फुयाँलको भोलि बुधवारका दिन अन्तिम संस्कार गरिने छ | अन्तिम श्रद्धाञ्जलीको लागी फुयाँलको पार्थिव शरिर भोली (बुधबार) विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने जानकारी प्राप्त भएको छ | उनको निधनको खबरले पुरा चलचित्र तथा कला क्षत्र शोकमा डुबेको छ |
सारा नेपालीहरुको मन जितेको र केहि समय अगाडी बन्द भएको हाँस्य टेलिचलचित्र “तितो सत्य” मा उनले यो “यो माई लभ” नामक पात्रको भूमिका निर्वाह गर्ने गरेका थिए | उनको उक्त भूमिकाले उनलाई धेरै नेपाली दर्शकहरुको मन मुटुमा सधैको लागि कैद गरेर राखेको पनि छ | उनले यति बेला संसार छोडेर गए पनि नेपाली दर्शकहरुको मनमा उनि सधै अमर नै रहने छन् |
उनि पछिल्लो केहि बर्ष देखि बौद्ध स्थित पानी ट्याङ्की नजिक एक्लै बस्दै आएका थिए । फुयाँल परिवारमा ( निर्मल, कमल र बिमल) तीन छोरा छन् भने उनकी पत्निको यसअघि नै निधन भईसकेको छ | उनका छोराहरु हुदा समेत उनि भने एक्लै नै बस्दै आइरहेका थिए | उनले आफ्नो जीवन कलाकारितामा नै बिताए | उनले सधैब नेपाली दर्शकहरुलाई आफ्नो कला अनि प्रतिभाबाट मनोरंजन प्रदान गरे | आज उनको निधनले हाम्रो देशलाई ठुलो घाटा लागेको छ | मनोरंजन संसार डटकम परिवारको तर्फबाट उनको यो अकस्मात निधन प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौ | उहाको आत्मालाई शान्ति मिलोस भनि हामी इश्वर संग प्राथना गर्दछौ |

Leave a Reply

%d bloggers like this: