Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
बिगत केहि समय अगाडी देखि अमेरिका बसोबास गर्दै आएका अभिनेता मुकेश ढकाल अभिनित चलचित्र “परिणाम” अब रिलिजको लागि तम्तयार भएर बसेको छ | राजधानीमा सोमवार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले चलचित्रको बारेमा जानकारी गराएको हो | चलचित्र तयार भएको करिब २ बर्ष बित्दा अहिले आएर चलचित्रले आउदो माघ २१ गतेको लागि प्रदर्शन मिति तय गरेको छ |
चलचित्र टिम यति बेला प्रचार प्रसारमा जुटेको छ | हरि पराजुलीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा मुकेश ढकाल , सारिका घिमिरे , झरना रिसाल ,किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, संजय न्यौपाने लगाएतका कलाकारहरुको अभिनय रहेको छ | अभिनेता ढकाल देश बाहिर रहेको हुनाले उनि कार्यक्रममा भने उपस्थित हुन सकेनन |
चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद र कुमार महर्जनको द्वन्द निर्देशनको साथमा शिव ढकालको छायांकन रहेको छ | पदम निरौला चलचित्रका कार्यकारी निर्माता हुन् |

Leave a Reply

%d bloggers like this: