Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको विकास संगै चारैतिरबाट यसको प्रवर्धनको लागि सबै कलाकार अग्रसर भएर लागिपरेका छन् | यति बेला देशको मात्र नभएर बिदेशमा रहेका कलाकार समेत निकै फुर्तिका साथ अगाडी बढिरहेका छन् | नया कलाकारहरुको आगमन त उत्तिकै तिब्र नै रहेको छ तर यसका साथ साथै पुराना कलाकारहरु पनि आफ्नो नया प्रस्तुतिको साथमा अगाडी बढ्ने क्रममा रहेका छन् | देश देखि टाढा रहेर पनि आफ्नो देशको कला संस्कृतिलाई माया गरेर यसको विकासमा लागिपरेका कलाकारहरुको पनि हामी माझ सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार गोविन्द फुयाल | उनलाई हामीले रचनाकारको उपाधि मात्र दिन सक्दैनौ किन कि उनि कुशल गायकको साथमा संगीतकार पनि हुन् | पनि हुन् | बहुमुखी प्रतिभाको धनि उनि रचनाको बिषयमा निकै अब्बल मानिनछन् |
govinda-phuyel
उनि यति बेला आफ्नो नया एल्बमको तयारीमा जुटेका छन् | अहिले उनले आफ्नो नया एल्बमको लागि गीतहरु रेकर्डिङ गरिरहेका छन् | भर्खरै मात्र उनले आफ्नो एल्बमको लागि २ नया गजल गीतको रेकर्डिङ समाप्त गरेका छन् | “मानिसको मन भित्र” बोलको गजलमा शब्द अनि स्वर उनकै रहेको छ भने संगीत भने कर्मग्याल्छन बम्जनले दिएका छन् |
यस्तै उनले आफ्नो अर्को “नेपाली भाका लिएर पसौँ” बोलको गीत पनि रेकर्डिङ गरेका छन् | यसमा शब्द रचना भोला शिवाकोटा (पूरानाघरे) को रहेको छ भने संगीत कर्मग्याल्छेन बम्जनले दिएका छन् | यस गीतमा पनि स्वर स्वयम रचनाकार गोविन्द फुयालले नै दिएका छन् | यी दुवै गीतहरु जर्जियामा रेकर्डिस्ट बिकाश राईद्वारा रेकर्ड गरिएको हो | अब उनको अरु गीतहरु पनि चाडै नै रेकर्ड हुने तयारिमा रहेको कुरा रचनाकार गोविन्द फुयालले बताएका छन् |
govinda-phuyel
बिदेशमा रहेर समेत उनले नेपाली गीत संगीत प्रतिको माया मोहलाई छोड्न सकेका छैनन् | बिगत लामो समय देखि नेपाली कला गीत संगीतमा आबद्ध भएर उनले बिदेशमा समेत नेपाली भाषा संस्कृतिको विकास गरिरहेका छन् | आफ्नो लामो जीवन नेपाली गीत संगीतमा व्यतित गरिसकेका उनले अन्तिम सम्म पनि नेपाली गीत संगीतमा नै आफ्नो जीवन समर्पित गर्ने कुरा बताएका छन् | यस्तै उनले जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गरेर आफु जस्ता कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन समस्त दर्शक श्रोताहरुलाई हृदय देखि नै अनुरोध गरेका छन् | बिदेशमा रहेका सबै नेपालीहरु पनि एकजुट भएर हाम्रो भाषा संस्कृतिको बारेमा सोचेर यसलाई विकास अनि प्रवर्धन गर्नु पर्ने मान्यता उनको रहेको छ | यस्तै उनले हामी जहाँ छौ त्यहि देखि नै हाम्रो कला भाषा संस्कृतिको जगेर्ना गरौ भनि सबै नेपालीहरुलाई आग्रह गरेका छन् |

Leave a Reply

%d bloggers like this: