Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
एच आर के सेकेन्ड भेन्चयूर ब्यानरमा तयार भएको चलचित्र “रोमियो” ले आफ्नो टिजर सार्वजनिक गरेको छ | सार्वजनिक टिजर अनुसार चलचित्र प्रेम सम्बन्धमा केन्द्रित रहेको देखिन्छ | यस्तै चलचित्रमा दर्शकहरुलाई मनोरंजन प्रदान गर्ने थुप्रै खुराकहरु रहेको पनि प्रष्ट देखिन्छ | चलचित्रले धेरै अगाडी आफ्नो पहिलो लीरिकल गीत समेत सार्वजनिक गरिसकेको छ | यस्तै चलचित्रले आफ्नो सम्पूर्ण छायांकन सकेर अहिले सम्पादनको टेबलमा बसेको छ |
romeo
शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्रमा हसन राजा खान , मेलिना मानन्धर , निशा अधिकारी , भानु प्रताप , स्यालेन मानन्धर , ओशिमा बनु , बिपेन मिके गुरुङ , विकास खतिवडा , अफिस श्रेष्ठ , श्रद्धा सिलवाल , अभिनव एन राना , बबिन उपाध्याय , उमेश राज गिरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रलाई किरण माईकल घिमिरेले लेखेका हुन् | चलचित्रमा अष्ट महर्जनको द्वन्द र तारा प्रकाश लिम्बु , सुनिल “सन्डे” , कुर्बान खान र योगेश काजी लगाएतको संगीत रहेको छ |
romeo
चलचित्रको कथा वस्तु र प्रस्तुतिको साथमा गीत संगीत पनि निकै अब्बल रहेको कुरा निर्माण पक्षेले बताएको छ | यस्तै चलचित्रमा समावेश दृश्यहरुले पनि चलचित्र प्रतिको दर्शकहरुको आकर्षण बढाउने कुरा निर्माण पक्षेले उल्लेख गरेको छ | चलचित्रले आउदो बर्ष बैशाख २९ गतेको लागि आफ्नो प्रदर्शन मिति समेत तय गरिसकेको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: