Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
हाम्रो नेपाली चलचित्र क्षत्रमा मेहेनती र अनुभवी व्यक्तिहरुको कमि छैन | यो हिसाबले नेपाली यस्ता व्यक्तिहरुले नेपालमा मात्र नभएर नेपाल बाहिरको ठाउँमा समेत आफ्नो जादु चलाईरहेका छन् | प्रशंग हो भोजपुरी चलचित्र जय श्री राम को जसको भर्खरै मात्र सम्पूर्ण छायांकन सकिएको छ | चलचित्रले २५ दिनको अवधिमा छिमेकि देश भारतको लखनउमा आफ्नो इन्ड क्ल्याप गरेको छ जसमा हाम्रो नेपाली दक्ष व्यक्तिहरुको पनि सहभागिता रहेको छ |
jay-shri-ram
प्रकाश सिंहको निर्माणमा तयार भएको चलचित्रलाई निर्देशक रमाकान्त प्रसादले गरेका छन् | उनको बारेमा कुरा गर्दा भोजपुरी चलचित्रको स्तरमा परिवर्तन गर्नुमा उनको पनि ठुलो योगदान रहेको छ | यस्तै २०१६ को सर्भादिक सफल चलचित्र “गदर” को निर्देशन समेत उनले गरेका हुन् | उनको काम गराईको हिसाबमा उनलाई भोजपुरी चलचित्र क्षत्रको किङ नै मान्न सकिन्छ |
jay-shri-ram
चलचित्रमा राम गुरुङको छायांकन रहेको छ | उनले पनि करिब ३ दर्जन भन्दा बढी सफल चलचित्रमा सहायक छायांकनको काम गरिसकेका छन् | यस्तै चलचित्रमा हिरा यादवको द्वन्द निर्देशन रहेको छ | उनि पनि भोजपुरी चलचित्रमा क्षत्रमा एक्शनको महावीरको रुपमा परिचित छन् | चलचित्र निर्माणको क्रममा साथ् दिनु हुने सुमित रजकलाई चलचित्र निर्माण पक्षेले धन्यवाद ज्ञापन गरेको छ | चलचित्रको पोस्ट प्रोडक्सनको जिम्मा प्रोडक्सन म्यानेजर क्षितिज सुबेदीले लिनु भएको छ | उनले पनि नेपाली “वीर विक्रम” , “हेप्पी डेज” जस्ता चलचित्रमा सफल रुपमा काम गरिसकेका छन् |
jay-shri-ram
चलचित्रमा विक्रान्त सिंह , नेहा सिंह , मोनालिसा , अवदेश मिश्रा लगाएतका कलाकारहरुको अभिनय रहेको छ | अभिनेत्री मोनालिसा भारतको सबैभन्दा ठुलो रियालिटी शो बिग बोस को कन्टेसटेन्ट समेत रहिसकेकी छिन् | यस्तै अर्का कलाकार अवदेश मिश्रा भने भोजपुरी चलचित्र क्षत्रमा सुपर खलनायकको रुपमा परिचित छन् | उनको कामको अधिक बढी प्रशंसकहरु रहेका छन् |
jay-shri-ram
यस्तै चलचित्रमा अनुपम कुमार शाह क्रियटिव निर्देशकको रुपमा रहेका छन् | उनि लामो समय देखि नेपाली चलचित्र क्षत्रमा भीएफएक्स आर्टिस्टको रुपमा काम गरिरहेका छन् | उनले हिम्मतवाली , काली , आधी बाटो , कोहिनुर , कसले चोर्यो मेरो मन , हँसिया , लुटेरा , भैरब , वीर विक्रम , सेतो बाघ , होमेवोर्क , तथास्तु र किङ लगाएतका करिब २ दर्जन भन्दा बढी सफल नेपाली चलचित्रमा भीएफएक्सको काम गरिसकेका छन् | उनको कामको यति बेला धेरै प्रशंसक रहेका छन् | उनलाई नेपाली चलचित्र क्षत्रमा अहिले धेरैले पछ्याई रहेका छन् |
jay-shri-ram
jay-shri-ram
चलचित्र निकै नै राम्रो तयार भएको र हाम्रो नेपाली व्यक्तिहरुको कामले चलचित्र अझै राम्रो बनेको कुरा निर्देशक रमाकान्त प्रसादले बताएका छन् |

Leave a Reply

%d bloggers like this: