Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
नेपालमा यति बेला अवार्ड कार्यक्रमहरु निरन्तर हुन क्रम बढेको छ | यो हिसाबले यति बेला यी यस्ता अवार्ड सम्मान कार्यक्रमको मुल्य अनि मान्यता पनि घट्दै गईरहेको छ | अहिले सम्मको कुनै पनि अवार्ड विवाद मुक्त हुन सकेको छैन | यस्तै यसपटक पनि चलचित्र प्राविधिक संघको आयोजनामा दुबईमा भएको नेफ्टा अवार्डको नवौं संस्करण पनि विवादमा मुछिन पुगेको छ | यो अवार्डको पनि यति बेला मिडियामा चर्को आलोचना भईरहेको छ | तसर्थ अहिले आयोजक टिम भित्र नै विवाद सृजना हुन थालेको छ |
शुक्रवार दुबईमा नेफ्टा अवार्डको नवौं संस्करण सम्पन्न गरेर आइतवार नेपाल फर्के लगतै संघका महासचिव सुरज आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले बुझाएको पत्रमा नैतिकको कुराहरु उठेको छ | उनले बुझाएको उक्त पत्रमा नेफ्टाको नवौं संस्करणमा भएको धादली र त्यस कारण संघ माथि लागेको दाग तथा आलोचनालाई आफुले रोक्न नसकेको भन्दै आफुलाई यस पदमा बस्नको लागि आत्माले नै आज्ञा नदिएकोले राजिनामा गरेको कुरा उनले स्पष्ट पारेका छन् |
यसै गरि उनले आफुलाई उक्त पदमा रहन मदत गरेका सबैलाई धन्यवाद ज्ञापन गरेका छन् | यसै गरि उनले राजिनामा पत्रमा आफुले आफ्नो कार्यकालमा गरेका राम्रा कामहरुको बारेमा पनि खुलाएका छन् | त्यसै गरि उनले भोलीका दिनमा साधारण सदस्य रहेर संघको हक हितमा लागिरहने प्रतिवद्धता समेत जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: