Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
सरसर्ती हेर्दा हाम्रो देश नेपालमा यति बेलामा पनि राजनीतिमा सुधार आउन सकेको छैन | यति बेला पनि जनताको विश्वास नेताहरु प्रति रहेको छैन | तर यो बिचमा पनि सबै नेताहरु उस्तै विचार अनि व्यवहारका हुन्छन भन्ने कुरालाई गलत साबित गरेर एउटा उल्लेखनीय उदहारण बनेका छन् नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवाली | देश विकास र जनताका सेवाका लागि राजधानी नै आउनु पर्ने जरुरी छैन र काम गर्ने भावना भए स्थानीय ठाउँबाट पनि काम गरेर देखाउन सकिन्छ भनेर साबित गरेर उनले देखाएका छन् |
rajesh-gyawali
लामो समय देखि राजनीति संगै समाज सेवामा लागेका उनले आफ्नो गृह जिल्ला देखि धेरै जनताहरुको मन जिती सकेका छन् | उनले आफ्नो स्थानीय ठाउँमा बिगत लामो समय देखि समाज सेवाको कामहरु निरन्तर रुपमा अगाडी बढाईरहेका छन् | यसै बीच उनको पहलमा रोयल थाई मोनाष्ट्री लुम्बिनीको सहयोग तथा तिलगंगा आँखा अस्पताल काठमाडौँको समन्वयमा २ दिने निशुल्क आँखा शिविर संचालन गरेका छन् |
rajesh-gyawali
उक्त कार्यक्रम अन्तर्गत तिरौलाकोट , कुदान , गुटीहवा , सग्रहावा , निग्लिहवा लगाएतका ठाउँका १७३५ जना व्यक्तिहरुको जाच गरिएको छ | त्यस अन्तर्गत २८० जना मोतिया बिन्दुको बिरामी फेला पारेका छन् | उनिहरुको यति बेला अप्रेसन भईरहेको छ | यस किसिमको कार्यक्रमले गर्दा त्यस ठाउँका अशिक्षिति , गरिब , दुखि , पिडित , असहाय व्यक्तिहरुमा ठुलो सेवा पुगेको छ | यस्ता किसिमका कार्यक्रम आफुले अझै धेरै आयोजनामा लिएर आउने विश्वास नेता राजेश ज्ञवालीले ब्यक्त गरेका छन् |
rajesh-gyawali
सेवा गर्न कुनै समयको जरुरी नभएको भन्दै कुनै पनि बेला जनताको सेवामा लाग्न सकिने उनको मान्यता रहेको छ | देश विकासको लागि पहिला आफ्नो स्थानीय ठाउँ विकास गर्नुपर्ने जरुरी रहेको कुरा पनि उनले बताएका छन् | त्यसै गरि आफ्नो स्थान देखि नै विकासका लागि सबैले कदम चल्नु पर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | सबैले कोसिस गरे र पहल गरे कुनै कुरा पनि गार्हो अनि असम्भव नरहेको कुरा उनले प्रष्ट पारेका छन् | जनताका लागि सधैब निस्वार्थ रुपमा निष्ठावान हिसाबले काम गर्ने प्रतिबध्ता उनले जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: