Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
सरसर्ती हेर्दा यति बेला नेपाली गीत संगीतको स्तर निकै राम्रो रुपले तिब्र गतिमा अगाडी बढिरहेको हामी देख्न सक्छौ | नया कलाकारहरुको आगमन देखि पुराना कलाकारहरुको निरन्तरताका कुराहरुले अहिले नेपाली गीत संगीतमा नया आमुल परिवर्तन पनि भैसकेको छ | दर्शक श्रोताहरुको फरक अनि बदलिदो टेस्टको कारण पनि अहिले नेपाली गीत संगीत निखार आएको छ | यहि लामो समयको अवधिमा धेरै कलाकारहरु पलायन भए नेपाली गीत संगीतमा नै केहि गर्छु भनेर पनि धेरै कलाकारहरु लागिपरेका छन् | आफ्नो यात्रालाई निरन्तरताको साथमा केहि नया पन दिन खोज्ने व्यक्तिहरुको पनि हामी माझ कमि रहेको छैन | यहि बिचमा नया सोच र पृथक प्रस्तुतिको साथमा अगाडी बढिरहेका छन् लामिछाने ब्रोदर्स |
lamichane-brothers
लामिछाने ब्रोदर्सका प्रत्येक व्यक्तिहरुलाई छुट्टै किसिमले परिचय गराउनु पक्कै पनि न्याय पूर्ण हुने छैन | किन भने यस लामिछाने ब्रोदर्सका प्रत्येक व्यक्तिहरु एक अर्का प्रति सम्मान पूर्ण रहेका छन् | लामिछाने ब्रोदर्स भित्र ४ जनाको टोलि रहेका छन् | इन्द्र लामिछाने , लक्ष्मी लामिछाने , पूर्ण लामिछाने (अविरल ) र बुद्धि लामिछाने समेटेर लामिछाने ब्रोदर्सको निर्माण भएको हो | लामिछाने ब्रोदर्सले आफ्नो पहिलो एल्बम भर्खरै मात्र बिमोचन गरेता पनि नेपाली सांगीतिक क्षत्रमा भने बिगत लामो समय देखि आबद्ध रहेर काम गरिरहनु भएको छ |
lamichane-brothers
अहिले लामिछाने ब्रोदर्सले आफ्नो पहिलो एल्बम “जुनीभरिलाई” दर्शक श्रोता माझ सार्वजनिक गरेको छ | यस एल्बममा जम्मा ८ वटा गीतहरु समावेश रहेका छन् | रेकर्डिष्ट विकास राईद्वारा रेकर्ड गीतहरु मध्यका २ गीतको म्युजिक भिडियो पनि अहिले सार्वजनिक भईसकेका छन् | पहिलो गीत “परदेशी” बोलको रहेको छ जसमा शब्द नविन ढकाल , संगीत कृष्ण ढकाल र मनोज ढकाल र स्वर लामिछाने ब्रोदर्सका एक सदस्य गायक इन्द्र लामिछानेले दिनुभएको छ | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ | प्रसन्न पौडेलको छायांकन र निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नायक दिलिप रायमाझीले आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् |
lamichane-brothers
त्यसै गरि यसै एल्बम देखि अर्को दोस्रो गीत “रातो सारी” पनि बाहिर सार्वजनिक भईसकेको छ | डी.पी खनालको शब्द र शंकर थापाको संगीतमा यसै लामिछाने ब्रोदर्सका अर्का सदस्य बुद्धि लामिछानेले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् | यस गीतमा समेत छायांकन र निर्देशनको काम प्रसन्न पौडेलले नै गर्नुभएको छ | यस गीतको म्युजिक भिडियोमा दिलिप रायमाझी ,मुकेश आचार्य र सृजना पाठकले उत्कृष्ट अभिनय गरेका छन् |
lamichane-brothers
लामिछाने ब्रोदर्सले आफ्नो पहिलो पाईला अहिले यतिबेला अगाडी सारे पनि यस भित्रका व्यक्तिहरुको भने यो पहिलो पाईला होइन |लामिछाने ब्रोदर्स भित्रका २ व्यक्ति गायक इन्द्र लामिछाने र गायिका लक्ष्मी लामिछानेले यस भन्दा अगाडी नै आफ्नो “प्रभु नाम” नामक पहिलो भजन एल्बम बाहिर सार्वजनिक गरिसकेका छन् | लामिछाने ब्रोदर्सका व्यक्तिहरु धेरै लामो समय देखि नेपाली गीत संगीतमा मेहेनतका साथ साधना गरिरहनु भएको छ | यस हिसाबले पनि अहिले यति बेला उत्कृष्ट गीत संगीत नेपाली दर्शक श्रोताहरुलाई प्रस्तुत गर्न सफल हुनुभएको छ | बिदेशमा रहेर रगत पसिना बगाएर पनि नेपाली गीत संगीतको लागि आफ्नो तर्फबाट समयको कमि भने उहाहरुले हुन दिनु भएको छैन |
lamichane-brothers
लामिछाने ब्रोदर्स लामो समय देखि अमेरिकामा बसोबास गर्दै आइरहेको छ | सरिर अमेरिकामा भए पनि मन भने उहाहरुको नेपालमा रहेको छ | यतिका लामो समयको यो विदेश बसाईको क्रममा पनि उहाहरुले नेपाली कला संस्कृतिलाई भने जोगाई राख्ने काम गरिरहनु भएको छ | त्यहाँ हुने सांगीतिक कार्यक्रममा उहाहरुको उपस्थितिले पनि अर्कै माहोलको सृजना गराउने गर्दछ | बाल्यकाल देखि आफुहरुले नेपालमा हासिल गरेको सबै ज्ञान अनि अनुभवलाई अहिले पनि उहाहरुले अमेरिकामा विस्तार गरिरहनु भएको छ | हामी बिदेशमा रहे पनि आफ्नो भाषा कला संस्कृतिलाई कहिले पनि बिर्सिनु हुदैन भन्ने मान्यता राख्ने उहाहरुले नेपालको सिरलाई बिदेशमा समेत उच्च पार्ने काम गरिरहनु भएको छ | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउने लामिछाने ब्रोदर्स यति बेला आफ्नो “मखमली” बोलको तेस्रो गीतको म्युजिक भिडियो बाहिर लिएर आउने तयारीमा रहेको छ | लामो समयको अनुभवबाट धेरै कुराको ज्ञान हासिल गरिसक्नु भएको उहाहरुले दर्शक श्रोताहरुको टेस्टलाई राम्रो संग बुझेको कुरा उल्लेख गर्नुभएको छ |
lamichane-brothers
दर्शक श्रोताहरु आफुहरुको लागि भगवानको स्वरूप रहेको र हौसलाको ठुलो सिडी रहेको कुरा उहाहरुले बताउनु भएको छ | आफ्नो काम देखि दर्शक श्रोताहरु कहिले पनि निराश हुनु नपर्ने विश्वास उहाहरुले ब्यक्त गर्नुभएको छ | जस्तो सुकै समस्या आएता पनि नेपाली गीत संगीतको यात्रा कहिले पूर्ण बिराम नलाग्ने र निरन्तर रुपमा एक पछि अर्को राम्रो अनि उत्कृष्ट प्रस्तुतिहरु दर्शक श्रोताहरुलाई प्रदान गर्ने प्रतिबध्ता उहाहरुले जाहेर गर्नुभएको छ | देश तथा विदेश जहाँ रहनु भए पनि सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर माया अनि सम्मानको साथमा त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन दर्शक श्रोताहरुलाई लामिछाने ब्रोदर्सले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: