Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्ड अन्तर्गत नवौं संस्करण यसपटक दुबईमा आयोजना भएको छ | उक्त अवार्ड कार्यक्रममा सहभागी हुनका लागि नेपाली देखि करिब एक सय बढि नाम चलेका चर्चित नेपाली चलचित्रकर्मीहरुको त्यहाँ उपस्थित रहेको थियो | त्यस्तै कार्यक्रम हेर्न आउनुहुने दर्शकहरुको संख्या पनि कम भने थिएन |
nefta-9th
बर्ष २०७२ को पपुलर अभिनेत्रीको अवार्ड पूजा शर्माले र अभिनेताको अवार्ड अनमोल केसीले पाएका छन् । त्यसै गरि उत्कृष्ट कथा “कबड्डी कबड्डी” बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले जित्दा पटकथामा “फन्को” बाट सुवर्ण थापाले अवार्ड हात पारेका छन् । यस्तै संवादमा “पशुपतिप्रसाद” बाट खगेन्द्र लामिछानेले अवार्ड जिते ।
nefta-9th
nefta-9th
यस्तै अभिनेता तर्फ पनि “कबड्डी कबड्डी” बाट नायक दयाहाङ राई उत्कृष्ट कहलिए भने अभिनेत्रीको अवार्ड “क्लासिक” चलचित्रबाट नम्रता श्रेष्ठले जितिन । उत्कृष्ट निर्देशकको अवार्ड “वडा नम्बर ६” बाट उज्जल घिमिरेले प्राप्त गरे | त्यस्तै डेब्यु अभिनेता तर्फ नायक पल शाहले “नाई नभन्नु ल ४” बाट अवार्ड प्राप्त गर्दा नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह डेब्यु अभिनेत्रीको लागि “ड्रिम्स” चलचित्रबाट अवार्ड हात पारिन |
nefta-9th
यसै गरि सम्पादनको लागि “फन्को” बाट बिपिन मल्लले , छायाँकारको लागि “नाई नभन्नु ल ४” बाट पुरुषोत्तम प्रधानले र संगीतकारका लागि “प्रेम गीत” बाट अर्जुन पोखरेलले अवार्ड उचालेका छन् | त्यसै गरि लाइफ टाईम अचिभमेन्टबाट दुई प्राबिधिक कुल बहादुर महत ( जेठा दाई ) जो लामो समयदेखि फिल्मको भान्छाका काम गर्दै आएका र स्थल सहयोगी आनन्द बहादुर मगर ( नन्दु )लाई सम्मान गरिएको छ । यस्तै पृथक योगदान सम्मानबाट धुर्मुस-सुन्तलीलाई र नेफ्टा स्वर्णिम सम्मानबाट तीन पुरानी अभिनेत्रीहरु भुवन चन्द थापा ,चैत्यदेवी सिंह र बसुन्धरा भुसाललाई सम्मान गरियो ।
nefta-9th
अधिक दर्शकहरुको उपस्थिति र नेपालबाट गएका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमको माहोल निकै मनोरंजननात्मक बनाएको थियो |
विजेताहरुको नामावली यसप्रकार छः
उत्कृष्ट फिल्मः (पशुपतिप्रसाद)
उत्कृष्ट निर्देशकः उज्जल घिमिरे (वडा नम्बर ६)
उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड् कबड्डी)
उत्कृष्ट पटकथाः सुवर्ण थापा (फन्को)
उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेताः दयाहाङ राई, ‘कबड्डी कबड्डी)
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, (नाई नभन्नु ल ४)
उत्कृष्ट सम्पादनः विपिन मल्ल, (फन्को)
उत्कृष्ट सह अभिनेताः प्रकाश घिमिरे (पशुपतिप्रसाद)
उत्कृष्ट सह अभिनेत्रीः निश्मा घिमिरे (जन्मभूमी)
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत
उत्कृष्ट कोरियोग्राफरः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट गीतः डा. कृष्णहरी बराल (नाई नभन्नु ल ४)
उत्कृष्ट गायकः सुगम पोखरेल (प्रेमगीत)
उत्कृष्ट गायिकाः अञ्जु पन्त (प्रेमगीत)
हाँस्य कलाकारः विल्सन विक्रम राई (अधकट्टी)
खलपात्रः विपिन कार्की (पशुपतिप्रसाद)
नव अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)
नव अभिनेताः पल शाह (नाई नभन्नु ल ४)
आदिवासी फिल्मः ‘तिमी नभए’
पार्श्व संगीतः सुजिल कर्माचार्य (फन्को)
ध्वनी मिश्रणः उत्तम न्यौपाने (धौली)
एरेञ्जरः राजन ईशान्त (वडा नम्बर ६)
द्वन्द्व निर्देशकः हिमाल केसी (भैरव)
कला निर्देशनः पासाङ टी शेर्पा (वडा नम्बर ६)
भेषभुषाः युवी थापा, योगिता पुनः (प्रेमगीत)
श्रृङ्गारः दिपु पौडेल (को आफ्नो)
पपुलर अभिनेताः अनमोल केसी (ड्रिम्स)
पपुलर अभिनेत्रीः पूजा शर्मा (प्रेमगीत)
पपुलर फिल्मः (ड्रिम्स)

Leave a Reply

%d bloggers like this: