Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते बिहिवारको प्रदर्शन मिति तय गर्दै चलचित्र “किङ” ले आफ्नो दोस्रो ट्रेलर सार्वजनिक गरेको छ | सार्वजनिक दोस्रो ट्रेलरमा हामी नायक निखिल उप्रेती र भिलेनका पात्रमा रहेका अनुप विक्रम शाहीको बेजोड एक्शन हेर्न पाउछौ | ट्रेलरको अनुसार चलचित्र निकै मनोरंजननात्मक बनेको ठहर हुन आउछ | एक्शन किङका छाप लागेका नायक निखिल उप्रेतीलाई पनि हामी यस चलचित्रमा केहि फरक भूमिकामा प्रस्तुत भएको हेर्न सक्छौ |
king
चलचित्रको कथा वस्तु पनि नया अनि पृथक रहेको कुरा निर्माण पक्षेले बताउदै आएको पनि छ | चलचित्रको मेकिङमा कुनै पनि किसिमको कमि कमजोरीहरु नराखेको र दर्शकहरुलाई पूर्ण रुपमा उत्कृष्ट चलचित्र प्रदान गर्ने प्रयास आफुहरुले गरेको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ | सबै मान्छे आफुमा नै एउटा किङ हुन्छ भन्ने कुरालाई यस चलचित्रमा दर्शाउन खोजिएको छ |
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा निखिल संगै बेनिषा हमाल , अनुप विक्रम शाही , रुप राना , जगन श्रेष्ठ , प्रज्वल सुजल गिरि लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा बसन्त सापकोटा , दिनेश सुनाम र सुजेन्द्र डी. कार्कीको संगीत , रोशन श्रेष्ठको द्वन्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम भने शबिर श्रेष्ठले गरेका छन् | चलचित्रका निर्माता भने जयन श्रेष्ठ हुन् |
king
चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा यति बेला पुरा चलचित्र युनिट जोड तोडले प्रोमोसनमा लागिपरेका छन् | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: