Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
यहि पुस २८ गते बिहिवार प्रदर्शन मिति तय गर्दै चलचित्र “लभ साशा” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | राजधानीमा बुधवार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले चलचित्रको ट्रेलर अनि साथमा एउटा गीत समेत सार्वजनिक गरेको थियो | कार्यक्रममा नेपाली चलचित्र क्षत्रका बिशिष्ट तथा चर्चित व्यक्तिहरुको साथमा थुप्रै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो |
love-sasha
love-sasha
चलचित्रको गीत अनि ट्रेलर हेरिसकेपछि उपस्थित सबैले निर्माण पक्षेलाई शुभकामना दिएका थिए | चलचित्रको ट्रेलर निकै नै राम्रो बनेको र चलचित्रले निकै सम्भावना बोकेको कुरा समेत उपस्थित सबैले बताएका छन् | सार्वजनिक ट्रेलर अनुसार चलचित्र त्रिकोणात्मक प्रेम कथामा तयार भएको देखिन्छ | यसका साथमा चलचित्रमा प्रस्तुत कथा वस्तु र प्रस्तुतिले धेरै दर्शकहरुको मन छुने संकेत पनि देखिन्छ |
love-sasha

love-sasha
पपकर्न पिक्चर्सद्वारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज र दि टि फोकस फिल्म्सको निर्माणमा तयार भएको चलचित्रमा कर्मा , केकी अधिकारी , शिवानी चालिसे , विकास जोशी , रश्मी भट्ट र आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रका लेखक तथा निर्देशक प्रचण्ड मान श्रेष्ठ रहेका छन् | उनले यो भन्दा अगाडी “फर्स्ट लभ” चलचित्रको लेखन गरेका छन् भने “भिसा गर्ल” नामक चलचित्र निर्देशन समेत गरिसकेका छन् | यसका साथमा चलचित्रमा शिवराम श्रेष्ठको छायांकन , लोकेश बज्राचार्यको सम्पादन र पार्श्वधुन जेसन कुंवरको संगीत समावेश रहेको छ | चलचित्रको प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने पब्लिसिटी डिजाइनको जिम्मा स्वप्निल आचार्यले लिएका छन् |
love-sasha
love-sasha
चलचित्रका निर्माता माधव वाग्ले हुन् | उनि नेपाली चलचित्र क्षत्रका सफल तथा पुराना निर्माताको रुपमा चिर परिचित रहेका छन् | उनले यस अघि “फर्स्ट लभ” , “लूट” , “छड्के” , “रेशम फिलिली” जस्ता सफल चलचित्रहरुको निर्माण गरेर नेपाली दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान समेत बनाईसकेका छन् | आफ्नो यस चलचित्रले पनि दर्शकहरुको टेस्ट अनि चाहनालाई पूर्ण रुपमा न्याय गरेको दाबी गरेका छन् | चलचित्रको कथा वस्तु निकै माथिको लेबल सम्मको रहेको र चलचित्रमा प्रस्तुत बिषय वस्तु र प्रस्तुतिले अधिकांश दर्शकहरुको मन छुने विश्वास उनले व्यक्त गरेका छन् | यसै गरि उनको अब यस पछि “लूट २” र “लालपुर्जा” नामक चलचित्र प्रदर्शनको लागि तयारी अवस्थामा रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: