Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली कलाकारहरुको राजनीति पार्टी प्रवेशले नेपाली बजार निकै तताएको छ | केहि दिन अगाडी मात्र नायिका रेखा थापाले राप्रपा पार्टी प्रवेशले नेपाली बजारलाई हल्लाएको थियो | त्यस पश्च्यात अहिले फेरी थप १० नेपाली कलाकारहरुले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् |
ramesh-budhathoki
पार्टी प्रवेश गर्नेमा अभिनेता तथा निर्देशक रमेश बुढाथोकी सहितको १० जना कलाकर्मीको टोली रहेका छन् | जसमा चलचित्र कलाकार संघ अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघ अध्यक्ष पुस्कर लामा सहित पछिल्लो पुस्ताका चर्चित गायक युवराज चौलागाईं, अभिनेत्री रिस्ता बस्नेत , विपना बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्का, मोडल रन्जु सुनाम रहेका छन् |
youraj-chaulagain
बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सबैलाई टिका अनि माला लगाएर विधिवत रुपमा पार्टी प्रवेश गराउनु भएको हो | चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईको पहलमा यी सबै कलाकारहरुले पार्टी प्रवेश गरेका हुन् | आगामी दिनहरुमा पार्टीले कलाकर्मीको हक हितको लागि डटेर मेहेनतका साथमा काम गर्ने दृढ विश्वास कांग्रेस सभापति शेर बहादुर देउवाले ब्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: