Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शनको लागि तयार भएर बसेको चलचित्र “लव साशा” ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा हामी चलचित्रकी नायिका केकी अधिकारी र नायक कर्मालाई फरक लूक्समा हेर्न सक्दछौ | सार्वजनिक पोस्टरमा कर्मालाई पल अनि केकीलाई साशा र अर्का लिड कलाकार आसिफ शाहलाई सिद्धार्थको रुपमा परिचय दिईएको छ । पोस्टरको अनुसारले चलचित्रमा केहि नया कुरा प्रस्तुत गर्न खोजिएको प्रष्ट हुन आउछ |
love-sasha
love-sasha
निर्देशक प्रचण्डमान श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाई निर्माता माधव वाग्लेले निर्माण गरेका छन् | माधव वाग्ले नेपाली चलचित्र क्षत्रका सफल निर्माताको रुपमा स्थापित भईसकेका छन् | यस हिसाबले पनि चलचित्रमा दर्शकहरुले केहि नया कुराको अनुभव गर्न सक्नु हुनेछ भन्ने अनुमान लगाउदा कुनै फरक पर्दैन |
love-sasha
चलचित्र निकै नै राम्रो बनेको र यसको कथा वस्तु अनि प्रस्तुतिले दर्शकहरुको मन छुने विश्वास निर्माता माधव वाग्लेले बताएका छन् | यसै गरि चलचित्रले आफ्नो प्रदर्शन मिति पुस २८ गते बिहिबार तोकेको छ | जब कि चलचित्र निर्माता संघको नियम अनुसार कुनै सार्वजनिक बिदा नपर्दाको दिन बिहिबार चलचित्र रिलिज गर्न पाईने छैन् | यो हिसाबले फेरी केहि विवाद उत्पन्न हुन सकेन आशंका यति बेला सबैले लगाईरहेका छन् |
love-sasha
तर यता निर्माता माधव वाग्लेले भने पुस २८ गते बिहिबारको दिन देखि आफ्नो चलचित्र प्रदर्शनमा आउने दाबी गरेका छन् | त्यसै उनले प्रदर्शन मितिको बिषयमा नझुकिनु हुन दर्शकहरुलाई आग्रह समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: