Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र “किङ” ले अन्तत आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र यहि आउदो पुस २९ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने भएको छ | प्रदर्शन मिति तोके संगै चलचित्र युनिट अहिले जोड तोडले प्रचार प्रसारमा लागिपरेको छ | चलचित्रमा हामी एक्शन नायक निखिल उप्रेतीलाई नया अवतारमा हेर्न सक्दछौ | चलचित्रको निकै अगाडी देखि निकै चर्चा परिचर्चा समेत चलिआएको हो | तर प्राविधिक समस्याका कारण चलचित्रको प्रदर्शनमा केहि समय लागेको कुरा निर्माण पक्षेले बताएको छ |
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा निखिल संगै बेनिषा हमाल , अनुप विक्रम शाही , रुप राना , जगन श्रेष्ठ , प्रज्वल सुजल गिरि लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा बसन्त सापकोटा , दिनेश सुनाम र सुजेन्द्र डी. कार्कीको संगीत , रोशन श्रेष्ठको द्वन्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम भने शबिर श्रेष्ठले गरेका छन् | चलचित्रका निर्माता भने जयन श्रेष्ठ हुन् |
king
चलचित्रले केहि समय अगाडी मात्रै आफ्नो ट्रेलर र गीत बाहिर सार्वजनिक गरिसकेको छ | सार्वजनिक ट्रेलर अनुसार चलचित्र सस्पेन्स थ्रिलरले भरिपुर्ण रहेको देखिन्छ | दर्शकहरुले चलचित्रबाट अधिक मनोरंजन प्रदान गर्नुहुने कुराको संकेत चलचित्रको ट्रेलरले दिएको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: