चलचित्र “लाउरे” को लागि निर्देशक निगम श्रेष्ठलाई दुर्गिस फिल्म्सले दियो १७ लाख पारिश्रमिक

मनोरंजनसंसार डटकम
दुर्गिस फिल्म्सको ब्यानरमा निर्माणको तयारीमा रहेको चलचित्र “लाउरे” को लागि निर्देशक निगम श्रेष्ठलाई निर्माता सुनिल रावलले १७ लाख पारिश्रमिक प्रदान गरेका छन् | यो अहिले सम्मकै ठुलो रकम समेत रहेको छ | चलचित्रको कथा वस्तु अधिक उत्कृष्ट भएकोले नै आफुले यो ठुलो रकम चलचित्रको लागि निर्देशक निगमलाई प्रदान गरेको कुरा निर्माता सुनिल रावलले बताएका छन् |
चलचित्रको छायांकनमा आफुहरु अब चाडै नै जाने तयारीमा रहेको कुरा समेत निर्माता रावलले जानकारी दिएका छन् | चलचित्रको छायांकन धरान , दार्जेलीङ , इलाम र काठमाडौँ लगाएतका ठाउँमा हुने कुरा समेत उनले उल्लेख गरेका छन् | चलचित्रको बारेमा कुनै पनि अरु कुरा भने उनले बाहिर खुलासा गरेका छैनन् |

Leave a Reply