Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय यता बलिउड दुनियामा नेपाली कलाकारहरुको समेत सहभागिता केहि हिसाबले बढ्न थालेको छ | यसको उदहारणको रुपमा कलाकार सुनिल थापा र भोला सापकोटा रहेका छन् | उनीहरुले बलिउडमा पाईला राखेको चलचित्र सफल समेत भयो | यसै बिच हामी माझ अब एक अर्का उदहारणको रुपमा अगाडी आएका छन् हास्य कलाकार विल्सन विक्रम राई | नेपालमा उनलाई नचिन्ने सायेदै होलान | उनको संवादको चर्चा पनि देश देखि बिदेशमा सम्म रहेको छ |
कला क्षत्रमा आफुलाई निकै पोख्त साबित गरिसकेका उनि अब भने बलिउडको दुनियामा प्रवेश गरेका छन् | प्राप्त जानकारी अनुसार उनले बलिउड नायिका आयषा टाँकिया संग एक बलिउड चलचित्रमा मुख्य भूमिका निभाउदै छन् | उनको यस चलचित्रको बिषयमा केहि तस्बिरहरु समेत सार्वजनिक भएका छन् | सार्वजनिक तस्बिरमा उनको अहिले छायांकनको कामहरु धमाधम सुरु भैरहेको प्रष्ट हुन आउछ |
wilson-bikram-rai
चलचित्रको टाइटलको बारेमा भने कुनै पनि कुराहरु सार्वजनिक गरिएको छैन | तर प्राप्त खबर अनुसार वील्सनलाई करिब १५ सिनका लागि उक्त फिल्ममा अनुबन्ध गरिएको छ । महाराष्ट्रको पुना स्थित एक कोलोनीमा विगत तीन दिन देखि छायाँकनरत फिल्मको सेटमा वील्सनले दुई दिन विताईसकेका पनि छन् ।
उनको यो पाईलाको पछाडी कलाकार सुनिल थापाको ठुलो हात रहेको कुरा पनि बाहिर आएको छ | सुनिल थापा बिगत केहि समय देखि बलिउडमा निकै नै राम्रो संग जमेका छन् | हुन त विल्सनलाई यो भन्दा अगाडी पनि बलिउड देखि अभिनयको लागि प्रस्ताव भने नआएको हैन | तर आफुलाई त्यो पात्र ठिक नलागे पनि उनले आफै अस्विकार समेत गरेको कुरा पनि बाहिर आएको छ | अब उनले अभिनय गर्दै गरेको बलिउड चलचित्रमा उनि हाम्रै नेपाली ढाका टोपीमा नेपाल र नेपालीको सानको साथमा देखिनेछन् |

Leave a Reply

%d bloggers like this: