Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
नेपालमा अहिले नेपाली चलचित्रको विकास संगै धेरै कुराहरुमा परिवर्तन आइसकेको छ | यहि हिसाबमा अहिले नेपालको सिनेमा हलहरु पनि निकै नै गुणस्तरीय भईसकेको छ | पहिलेको तुलनामा अहिले धेरै नया कुराहरुको उपयोग नेपाली सिनेमा हलहरुमा हुन थालेको छ | सुविधा सम्पन्न र सबैलाई पाइक पर्ने हलहरु नेपालमा धेरै छन् त्यस मध्य एक हो अष्टनारायण सिनेमा हल | काठमाडौँ बालाजु बाईपासमा अवस्थित यस हलमा नेपालकै सबैभन्दा ठुलो पर्दामा रहेको छ | त्यसै गरि हलमा चलचित्रको पिक्चर क्वालिटी पनि निकै नै राम्रो रहेको छ |
यसै गरि अष्ट नारायण पिक्चर्स प्रा.लि ले अब आफ्नो यस सिनेमा घरमा “फोर के” प्रोजेकशन सिस्टम लागु गरेको छ | यसको अर्थ हो अब दर्शकहरुले नेपाल बाहिर जस्तैको हिसाबले यस हलमा 4k प्रोजेक्शनबाट नेपाली चलचित्र हेर्न पाउनु हुनेछ | त्यस्तै यस सिनेमा हलमा धेरै नया कुराहरुको समेत वन्दोवस्त गरिने कुरा पनि जानकारीमा आएको छ | त्यस्तै अब दर्शकहरुले सुपत मुल्यमा यस हलमा 4k प्रोजेक्शन पिक्चर्सको आनन्द प्राप्त गर्नुहुनेछ | अहिले नेपालमा मात्र २ सिनेमा हलमा 4k प्रोजेक्शन देखि चलचित्र हेर्ने व्यवस्था छ ल्याबिम र अष्टनारायण |
astanarayan
त्यस्तै नेपालको सबैभन्दा ठुलो पर्दा र बढी दर्शक अटाउन सक्ने क्षमता भएको हलहरु मध्य पहिलोमा अष्टनारायण सिनेमा हल पर्दछ | त्यसै गरि दर्शकहरुले यस सिनेमा हलमा आफुले चाहेको जस्तो सुविधाको साथमा सुपत मुल्यमा चलचित्र हेर्न पाउनु हुनेछ | त्यसै गरि आफुहरुले दर्शकहरुको चाहनालाई ध्यानमा राखेर नै यी सबै खालका सुविधाको व्यवस्था गरेको कुरा हल संचालक त्रिरत्न मानन्धरले बताउनु भएको छ | दर्शकहरुको सन्तुष्टि र खुशीमा बिशेष ध्यान दिएर आफुहरुले सबै कुरा व्यवस्थापन गरेको कुरा पनि उहाले उल्लेख गर्नु भएको छ | खुल्ला अनि राम्रो वातावरणको कारण नै काठमाडौँमा अष्टनारायण हलमा चलचित्र हेर्न अत्याधिक दर्शकहरुको घुइचो लाग्ने गर्दछ |
त्यसै गरि अष्टनारायण पिक्चर्स प्रा.लि ले नेपाली चलचित्रको हक हितमा रहेर काम गरेको छ | नेपाली चलचित्र हाम्रो देशमा चल्नु पर्छ यसको पनि विकास हुनुपर्छ भन्ने मान्यता राख्दै र नेपाली चलचित्रलाई बिशेष प्राथमिकता दिएर ४ देखि ५ औ हफ्ता सम्म पनि नेपाली चलचित्र प्रदर्शन भएको खण्डमा उक्त चलचित्रलाई कुनै रोक्थोक बिना ५० प्रतिशतको सेयर पनि दिने गरेको छ |
astanarayan
यसै गरि अष्टनारायण पिक्चर्स प्रा.लि ले नेपाली चलचित्र निर्माण तर्फ पनि आफ्नो पाईला अगाडी बढाएको छ | अहिले यसै अष्टनारायण पिक्चर्स प्रा.लि को निर्माणमा अहिले चलचित्र “हिटलर” निर्माण कार्य भईरहेको छ | चलचित्रले भर्खरै मात्र मुगु जिल्ला स्थित रारा ताल नजिक आफ्नो छायांकन सकेर काठमाडौँ फिर्ता भएको छ | चलचित्रको अहिले काठमाडौँको विभिन्न स्थानमा धमाधम छायांकन भईरहेको छ | चलचित्रमा सोहित मानन्धरले लिड भूमिकामा अभिनय गरेका छन् जो यस हलका संचालक त्रिरत्न मानन्धरका सुपुत्र पनि रहेका छन् | उनले यो भन्दा अगाडी “रिदम” र “नाई नभन्नु ल २” र “भुल भुलैया” जस्ता नेपाली चलचित्रमा उत्कृष्ट अभिनय देखाइसकेका छन् | त्यसै गरि अबको १ हफ्तामा चलचित्रको सम्पूर्ण छायांकन पुरा हुने जानकारी निर्माण पक्षेले दिएको छ |

Leave a Reply

%d bloggers like this: