Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र छायांकन सकेर बसेको चलचित्र “हिरो रिटर्न्स” ले आफ्नो पहिलो लिरिकल गीत सार्वजनिक गरेको छ | युटुब मार्फत सार्वजनिक उक्त गीतमा स्वर टंक बुढाथोकी र मनिषा पोखरेलको रहेको छ | गीतको शब्द संगीत र अरेन्जको काम पनि टंक बुढाथोकीले नै गरेका हुन् |
सबिन फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा रेखा थापा , सबिन श्रेष्ठ , दिल श्रेष्ठ , सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहेको छ | चलचित्रको निर्मातामा चन्द्र गौतम , सहदेव गौतम र भिम न्यौपाने रहेका छन् |
चलचित्रलाई निर्देशन गर्ने काम निर्देशक आशिष भेटवालले गरेका छन् | चलचित्र पूर्ण रुपमा एक्शन र कमेडी जेनेरमा तयार हुने जानकारी निर्माण पक्षेले दिएको छ | चलचित्रको कथा बस्तु निकै पृथक रहेको र यसले सबैको मन जित्ने विश्वास निर्माता तथा नायक सबिन श्रेष्ठले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: