Fri. Jun 2nd, 2023

मनोरंजनसंसार डटकम
कुनै न कुनै कुराहरुबाट चर्चामा आइरहने नायिका रेखा थापाको नाम यस पटक फेरी पनि चर्चामा उठेको छ | प्रशंग हो नायिके रेखा थापाको राजिनिती पार्टी प्रवेश | सोमवार काठमाडौँमा आयोजित एक भब्य कार्यक्रम बीच नायिका रेखा थापाले पूर्ण रुपमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल (राप्रपा) मा प्रवेश गरेकी छिन् | उनि संगै उनकी आमा सरस्वति थापाले पनि उक्त पार्टीमा प्रवेश गरेकी छिन् |
rekha-thapa
गायिका तथा उद्घोषक कोमल ओलीले कार्यक्रममा नायिका रेखा थापाको नाम लिएर अगाडी स्टेजमा निम्ताउदा तालीको गुन्जेमन आवाज सुनियो | उपस्थित सबै पत्रकार र सम्मानीय व्यक्तिहरुले उनलाई तालीले स्वागत गरे भने पार्टीका केन्द्रिय सदस्यहरुले भने उनलाई फूल मालाले स्वागत गरे |
rekha-thapa
नायिका रेखा थापालाई राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल (राप्रपा) अध्यक्ष कमल थापाले माला र टिका लगाएर विधिवत रुपमा आफ्नो पार्टीमा प्रवेश गराएका हुन् | उनको स्वागतको लागि कार्यक्रममा थुप्रै नेताहरुको उपस्थित रहेको थियो |
rekha-thapa
आफु देशको लागि निस्पक्ष रुपमा सोच्ने र हिन्दु राष्ट्र आफ्नो पहिलो प्राथमिकता रहेको कुरा नायिका रेखा थापाले कार्यक्रममा बोलिन | यस्तै उनले कार्यक्रममा बोल्दै आज देशका ८० प्रतिशत ब्यतिहरु हिन्दु राष्ट्र चाहने र हाम्रो पहिचान पनि यहि नै भएको हुनाले सबै जना एक जुट भएर यो कुरामा अग्रसर भएर लागिपर्नु पर्ने कुरा पनि स्पस्ट पारेकी छिन् |
rekha-thapa
त्यस्तै केहि समय अगाडी नेकपा माओवादी पार्टी प्रवेश कुराले पनि केहि तहल्का मच्चाएको बिषयमा पनि उनले बोल्दै भनिन त्यो कुरा त्यति बेलाको अवस्थाको माग थियो तर नेकपा माओवादी भित्रका नेताहरुको र आफ्नो विचार कहिले पनि कदापी नमिल्ने कुरा उनले उल्लेख गरेकी छिन् | आफ्नो अगाडीको पाईला अब जनताले मुल्यांकन गर्ने र सहि कुराको निचोड समेत उहाहरुले नै निकाल्ने कुरा पनि उनले बताईंन |

Leave a Reply

%d bloggers like this: