Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
आउदो बर्ष भदौमा प्रदर्शनको तयारी गर्दै चलचित्र “प्रेम गीत २” ले सोमवार देखि छायांकन सुरु गरेको छ | सोमवार बिहानै पशुपतिनाथमा शुभ मुर्हत गर्दै चलचित्र फ्लोरमा गएको हो |
चलचित्रको पहिलो भाग “प्रेम गीत” ले दर्शकहरुको माझमा अत्याधिक सफलता हासिल गरेको थियो | त्यहि हिसाबमा नै चलचित्र “प्रेम गीत २” को निर्माण कार्य सुरु गरिएको हो |
premgeet-2
आशुसेन फिल्मसको तेस्रो प्रस्तुति रहेको यस चलचित्रमा प्रदिप खड्का , अश्लेशा ठकुरी , भुवन चन्द , श्रद्धा प्रसाई , कैलाश कटुवाल , राजाराम पौडेल , कविता रेग्मी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहने छ |
यस चलचित्रलाई प्रेम गीत का कथाकार रामशरण पाठकले निर्देशन गर्दैछन् | यस चलचित्रमा नायक पहिलेकै भए पनि नायिका भने नया रहेकी छिन् जसले यसै चलचित्रबाट डेब्यु समेत गर्दैछिन् | लव स्टोरी जेनेरमा निर्माण हुने यस चलचित्रको छायांकन नेपाल , थाईल्याण र बर्मामा हुनेछ |
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन , अष्ट महर्जनको द्वन्द र रेनेशा बान्तवा राईको नृत्य निर्देशन समावेश रहने छ | चलचित्रको छायांकन नजिकिदै गर्दा केहि समय अगाडी मात्र चलचित्रको निर्माता र संगीतकार बिचको विवादले पनि बजार तताएको थियो | संगीतकार संगको यो विवादले चलचित्रको गीत संगीत कस्तो रहने भन्ने कुरामा भने चलचित्र निर्माण पक्षेलाई नै ठुलो चुनौती रहेको छ |

Leave a Reply

%d bloggers like this: