Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
आउदो फाल्गुन ६ गतेको लागि चलचित्र “मेरो देश” ले प्रदर्शन मिति तय गर्दै आफ्नो टिजर सार्वजनिक गरेको छ | रास्ट्रियताको भावना बोकेको चलचित्रमा नायिका निशा अधिकारी र नायक आयुष रिजालको मुख्य भूमिका रहेको छ |
ब्रोसीस ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा तयार भएको यस चलचित्रमा निशा र आयुषसँगै प्रज्वल गीरी, नीर शाह, ध्रुब कोईराला, पुष्पा पाण्डे, एक राज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ |
निर्देशक देव नेपालको निर्देशनमा तयार भएको चलचित्रको छायांकन भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारा लगायतका ठाउँमा गरिएको छ | चलचित्रमा रविन्द्र बरालको छायांकन समावेश रहेको छ |
सार्वजनिक टिजरको अनुसार चलचित्रले देश प्रेमको कथा बोल्छ | देशमा रहिआएको अहिलेको तत्कालिन समस्याहरुको सुन्दर चित्रण यस चलचित्रमा गर्न खोजिएको छ | चलचित्रमा देशको वास्तविकता अवस्थाको साथै देशको राजनीतिकरणको कुराहरु पनि दर्शाउन खोजिएको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: