Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
मंसिर १७ अर्थात शुक्रवार देखि प्रदर्शन सुरु गरेको चलचित्र “बिजुली मेसिन” ले पहिलो दिन सुखद रुपमा पार गरेको छ | चलचित्रले मल्टिप्लेक्समा राम्रो किसिमको दर्शकहरुको साथ पाएको छ | चलचित्र हेरिसकेपछि दर्शकहरुले राम्रो प्रतिक्रिया प्रदान गरेका छन् | चलचित्रको कथा वस्तु र प्रस्तुति निकै नै फरक र पृथक रहेको कुरा दर्शकहरुले बताए | त्यस्तै देशको तत्कालिन समस्या संगै देशको युवा पुस्तालाई पनि जागरुक बनाउने काम यस चलचित्रले गरेको भनाई धेरै दर्शकहरुको रहेको छ |
bijuli-machine
चलचित्र प्रतिको दर्शकहरुको प्रतिक्रियाबाट आफु निकै खुशी रहेको कुरा निर्देशक नविन अवालले बताएका छन् | आफुले गरेको कामको दर्शकहरुले सहि मुल्यांकन गरिदिनुभएको र आफुलाई अधिक हौसला प्रदान गरिदिनु भएको भन्दै दर्शकहरु प्रति आफु नै आभारी रहेको कुरा पनि उनले उल्लेख गरेका छन् | अब अगाडिको दिनहरुमा अझै राम्रो बिषय वस्तु समेटेर उत्कृष्ट चलचित्रको निर्माण गर्ने कोशिश गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
bijuli-machine
युनिभर्सल नेपालको प्रस्तुति र अ सिलहाउईटे इन्टरनेसनल प्रोडक्सनको निर्माणमा बनेको चलचित्रमा चलचित्रमा अभिषेक सुबेदी , जीवन अधिकारी , रेलिजा श्रेष्ठ , आश्रय भट्टराई , राजेश हमाल , आकाश मगर , अमृत बाबु केसी , अभिसेश नेपाल , जिबन भट्टराई , अशेष लुइँटेल , रिअर राई , बुद्धि तामाङ्ग , लक्ष्मी भुसाल र कमल मणि नेपाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम नविन अवालले गरेका छन् | चलचित्रको निर्माता तर्फ भने रिशव आचार्य , संजीव न्यौपाने , दिपेश बस्नेत , बिन्दु तिमिल्सिना र सन्तोष लामिछाने रहेका छन् | चलचित्रमा रोहित शाक्यको संगीत र हरि हुमागाईंको छायांकन रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: