Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र “तँ म र ऊ” ले पहिलो दिन सन्तोषजनक व्यापार गर्न सफल भएको छ | सिंगल थिएटरमा चलचित्रले राम्रो दर्शकहरुको साथ पाएको छ | चलचित्र हेरिसकेपछि दर्शकहरुको प्रतिक्रिया निकै सकारात्मक आएको छ | चलचित्रको कथा वस्तु र प्रस्तुति निकै नै राम्रो रहेको कुरा दर्शकहरुले बताएका छन् | त्यस्तै चलचित्रमा समावेश दृश्यहरुले पनि चलचित्रलाई अझै राम्रो बनाएको कुरा पनि बाहिर आएको छ |
ta-ma-ra-u
चलचित्र प्रति दर्शकहरुको प्रतिक्रियाबाट आफु निकै नै सन्तुष्ट रहेको कुरा निर्माता सुदिन प्रसाईले बताएका छन् | आफुले निर्माण गरेको चलचित्रले दर्शकहरुलाई मनोरंजन प्रदान गरेको र सबैको मुहारमा खुशी देख्दा आफुले ठुलो उपलब्धि हासिल गरेको महसुस आफुलाई भएको कुरा पनि उनले उल्लेख गरेका छन् | दर्शकहरुको राम्रो प्रतिक्रियाले आगामी दिनमा अझै राम्रो चलचित्र निर्माणको लागि आफुलाई धेरै नै हौसला प्राप्त भएको कुरा पनि उनले बताए |
ta-ma-ra-uh
श्रद्धा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुदिन प्रसाई , निता ढुंगाना , आमेश भण्डारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा सुदिन प्रसाईको कथा रहेको छ | त्यस्तै चलचित्रमा शिव परियार र आमेश भण्डारीको संगीत र शम्भु सापकोटाको छायांकन समावेश रहेको छ | चलचित्रको निर्देशन निर्देशक लक्षु गौतमले गरेकी छिन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: