Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बढ्दो विकास संगै धेरै व्यक्तिहरु यस क्षत्रमा आए तर धेरै कमले मात्र सफलता हासिल गरे | त्यहि सफलता हासिल गरेका मध्य पनि धेरै कम यस क्षत्रमा निरन्तर रुपमा लागि पर्न सके | त्यहि कम भित्रको सुचिमा पर्न सफल एक नाम हो रचनाकार सौरव तिम्सिना | अधिक कुशल रचनाकारको परिचय बोकेका उनले आफ्नो पहिलो रचना देखि नै सफलताको सिडी चढे | त्यसपछिको उनको दोस्रो रचनाले त धेरै मान्छेहरुको मनमा राज नै गर्यो | उनको “मर्छु सजिलै” बोलको गीतले अधिकांश व्यक्तिहरुको मनलाई छुन सफल रहयो | त्यो सफलता संगै उनि माथि चुनौतीहरुको पहाड आएको छ | दर्शक श्रोताहरुले उनिबाट धेरै राम्रो प्रस्तुतिको आश गरेका छन् | यहि हिसाबमा उनले आफ्नो नया प्रस्तुतिहरुको लागि जमेर तयारी पनि गर्दैछन् |
sourav-timsina
यसै बीच अब उनको नया रचनालाई नव गायक संगम गुरुङले आफ्नो स्वरमा ढाल्ने तयारी गर्दैछन् | उनको अब आउने तयारीमा रहेको गीतको बोल “आँखै आँखाले” रहेको छ | उनको यस गीतमा बाबु बोगटीको संगीत समावेश रहने छ भने गीतलाई अरेन्ज गर्ने काम भने चन्द सिंहले गरेका छन् | रचनाकार सौरव तिम्सिनाको नेपाली गीत संगीतमा सक्रियेता संग उनको रचनाहरु अब बाहिर आउने क्रम निकै तिब्र हुन थालेको छ | उनको सुन्दर रचनामा आफ्नो प्रस्तुति दिन अहिले धेरै कलाकारहरुको जमात हुने गरेको छ |
sourav-timsina
लामो समय देखिमा अमेरिकामा बसोबास गर्दै आएका उनले बिदेशमा रगत पसिना बगाएर खटेर काम गर्दा पनि नेपाली गीत संगीतलाई भने छोड्न सकेका छैनन् | नेपाली गीत संगीत र कला साहित्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउने उनले आफुले आफ्नो जीवन यस क्षत्रमा समर्पित गर्ने कुरा पनि उल्लेख गरेका छन् | दर्शक श्रोताहरुले दिएको माया र मोहल आफुलाई अगाडी अझै राम्रो गर्ने हौसला मिलेको कुरा पनि उनले बताएका छन् | दर्शक श्रोताहरुले आफुबाट अझै धेरै कुराको अपेक्षा राखेको हुनाले त्यो अपेक्षालाई आफुले जसरी पनि पूर्ति गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् |
उनको पछिल्लो गीत :

Leave a Reply

%d bloggers like this: