Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपालको सफल प्रदर्शन पश्च्यात चलचित्र “द विनर” अहिले अमेरिका पुगेको छ | चलचित्र अहिले अमेरिकाको विभिन्न ३० वटा सहरमा प्रदर्शन भईरहेको छ | यसै बिचमा चलचित्र टिमले “द विनर” को सिक्वेलको निर्माणको तयारी पनि सुरु गरिसकेको छ | अहिले प्रोडक्सनको काममा व्यस्त रहेको निर्माण टिम अब चाडै नै छायांकनको लागि अगाडी बढ्ने कुरा पनि निर्माण पक्षेले जानकारी दिएको छ |
यसै बिच चलचित्र टिमले आफ्नो नया सिक्वेलको लागि नव नायिका शिमा पी. जोशीलाई छनोट गरेको छ | उनि अमेरिका बसोबास गर्दछिन् | प्राप्त खबर अनुसार उनले धेरै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् | त्यस्तै चलचित्रमा अधिकांश कलाकार पहिलो भागकै भए पनि केहि कलाकारहरु परिवर्तन भै केहि थपिने कुरा केहि समय अगाडी सिक्वेल निर्माण घोषणा कार्यक्रममा बताएको थियो |
the-winner-2
त्यस्तै निर्माण पक्षेको अनुसार “द विनर २” को ६० % छायांकन अमेरिकामा र ४० % छायांकन नेपालमा हुनेछ | अहिले भने चलचित्रको लोकेसन छनोटको काम भईरहेको छ | चलचित्र “द विनर” ले नेपालमा दर्शकहरुबाट राम्रो प्रशंसा प्राप्त गरेको थियो | चलचित्रमा समावेश एक्सन र दृश्यहरुले धेरै दर्शकहरुलाई खुशी समेत तुल्याएको थियो | त्यसै गरि अबको “द विनर २” भने पहिले भन्दा पनि अझै राम्रो हुने र दर्शकहरुले अझै बढी मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्माता तथा नायक महेशमान श्रेष्ठले ब्यक्त गरेका छन् |

Leave a Reply

%d bloggers like this: