Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बिहिबार साझ झिमिक्क परेर रात पर्न थालेपछि जय नेपाल हलको परिसरमा धेरै मान्छेहरुको चहलपहल बढ्दो देखियो | कतिलाई त्यहाँ के रहेछ आज भनेर जिज्ञासा पनि लाग्यो होला तर त्यहाँ कुनै मेला लागेको हैन त्यहाँ थियो चलचित्र “बिजुली मेसिन” को प्रिमिएर शो | चलचित्र “बिजुली मेसिन” को प्रिमिएर शो हेर्नको नेपाली चलचित्र क्षत्रका सम्मानित थुप्रै व्यक्तिहरु तथा पत्रकारहरुको त्यहाँ जमघट भएको थियो |
bijuli-machine
चलचित्र हेरिसकेपछि उपस्थित सबैले निकै नै राम्रो प्रतिक्रिया दिएका छन् | त्यस्तै चलचित्र अधिक मनपरेको भन्दै सबैले निर्देशक नविन अवाल र सबै कलाकारहरुलाई बधाई पनि दिएका छन् | त्यहाँ पाल्नु भएका सबैले चलचित्रको खुलेर प्रशंसा गरेका छन् | त्यस्तै चलचित्र बिषय वस्तु र प्रस्तुति निकै पृथक र उत्कृष्ट रहेको कुरा उपस्थित सबैले बताएका छन् | नेपाली चलचित्र क्षत्रको इतिहासमा नै पहिलो पटक यस्तो चलचित्र निर्माण भएको कुरा पनि धेरैले उल्लेख गरेका छन् | त्यस्तै यस्ता किसिमको चलचित्र अझै निर्माण हुनुपर्ने र सम्बन्धित निकायको पनि ध्यान आकर्षण हुने पर्ने जरुरी रहेको कुरा त्यहाँ उपस्थित व्यक्तिहरुको भनाई रहेको थियो |
bijuli-machine
चलचित्रमा समावेश बिषय वस्तुले गर्दा पनि चलचित्रको प्रशंसकहरुको संख्या धेरै हद सम्म बढेर आएको छ | त्यस्तै चलचित्रको कथा वस्तुलाई निकै उत्कृष्ट सरल अनि सहज ढंगले सबैले बुज्ने शैलीमा प्रस्तुत गर्न सक्नु निर्देशक नविन अवालको खुबी पनि हो जसको सबैले प्रशंसा गरे | डेब्यु निर्देशक भएर अनि नया कलाकार संग काम गर्दा पनि उनले चलचित्रलाई पूर्ण रुपमा न्याय गरेका छन् | देशको तत्कालिन समस्यालाई उनले निकै फराकिलो पारामा सबैको मन मस्तिष्कमा बस्न सक्ने हिसाबले सबैको माझमा पेश गरेका छन् |
bijuli-machine
चलचित्रमा अहिले हाम्रो देशमा रहेको तत्कालिन लोडसेडीङ्गको समस्या र त्यसको निर्धारणको बारेमा सुन्दर हिसाबले चित्रण गरिएको छ | प्रयास गरे भने र उपाय खोजे पनि सबै कुरा सम्भव रहेको कुराको उदहारण यस चलचित्रमा प्रस्तुत गरिएको छ | त्यस्तै चलचित्रमा साथी बीचको प्रेम र मित्रताको सम्बन्धको पनि राम्रो चित्रण गरिएको छ | यसका साथमा सबैमा एकता भयो भने कुनै काम गार्हो नहुने संदेश यस चलचित्रले सबैले दिएको छ |
bijuli-machine

त्यस्तै प्रिमिएरमा बोल्दै निर्देशक नविन अवालले यो चलचित्र सारा नेपालीको चलचित्र रहेको बताएका छन् | त्यसैले यो चलचित्रलाई सबैले साथ दिनु हुनको लागि उनले नेपाली दर्शकहरु संग हृदय देखि अनुरोध समेत गरेका छन् |
bijuli-machine

त्यस्तै चलचित्रको बिषयमा बोल्दै मुख्य कलाकार अभिषेक सुबेदीले पनि आफुले पाएको भूमिकालाई सक्दो न्याय गर्ने प्रयास गरेको र दर्शकहरुलाई निराश नपर्ने कुरा उनले उल्लेख गरेका छन् | आफ्नो पहिलो प्राथमिकतामा अभिनय परेको भन्दै आफुलाई उपयुक्त लागि जस्तो पनि अभिनय गर्ने कुरा पनि बताएका छन् |
bijuli-machine

त्यस्तै चलचित्रकी सुन्दर डेब्यु नायिका रेलिजा श्रेष्ठले आफुले चलचित्रमा नेचुरल अभिनय गरेको र सबैलाई मन पनि पर्ने विश्वास ब्यक्त गरेकी छिन् | त्यस्तै उनले दर्शकहरुले आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनु भयो भने आफुलाई त्यो अगाडी बढ्ने हौसलाको सिडी हुने कुरा पनि बताएकी छिन् |
bijuli-machine2
युनिभर्सल नेपालको प्रस्तुति र अ सिलहाउईटे इन्टरनेसनल प्रोडक्सनको निर्माणमा बनेको चलचित्रमा चलचित्रमा अभिषेक सुबेदी , जीवन अधिकारी , रेलिजा श्रेष्ठ , आश्रय भट्टराई , राजेश हमाल , आकाश मगर , अमृत बाबु केसी , अभिसेश नेपाल , जिबन भट्टराई , अशेष लुइँटेल , रिअर राई , बुद्धि तामाङ्ग , लक्ष्मी भुसाल र कमल मणि नेपाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम नविन अवालले गरेका छन् | चलचित्रको निर्माता तर्फ भने रिशव आचार्य , संजीव न्यौपाने , दिपेश बस्नेत , बिन्दु तिमिल्सिना र सन्तोष लामिछाने रहेका छन् | चलचित्रमा रोहित शाक्यको संगीत र हरि हुमागाईंको छायांकन रहेको छ | चलचित्र आज अर्थात् मंसिर १७ शुक्रवार देखि देशभरका हलहरुमा एकैसाथ प्रदर्शनमा आएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: