Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
माथिको संवाद हेरेर अचम्मित नहुनु होला प्रशंग हो चलचित्र “तँ म र ऊ” जुन आज अर्थात् मंसिर १७ शुक्रवार देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको छ | यसै चलचित्रमा नायक सुदिन प्रसाई र नायिका निता ढुंगानाको बिवाहको दृश्य रहेको छ | उक्त दृश्यमा साच्चिकैको बिवाहको भान पनि धेरै दर्शकहरुलाई पर्न सक्छ | उक्त दृश्यमा अर्का नायक अमेश भण्डारीलाई पनि हामी एउटा गीतमा नाचिरहेको देख्न सक्छौ |
Ta-Ma-Ra-U

चलचित्रले लामो समय देखि प्रचार प्रसार बलियो बनाएको थियो | यस चलचित्रबाट निर्माण पक्षेले पनि ठुलो आशा राखेको छ | चलचित्रको कथा वस्तु र गीत संगीत नै चलचित्रको बलियो पक्षे रहेको कुरा निर्माता सुदिन प्रसाईले बताएका छन् | साथी साथी बिचको गहिरो मित्रताको सम्बन्ध अनि समयको अन्तराल संगै त्यसमा आइपर्ने समस्याको सहि चित्रण यस चलचित्रमा गरिएको कुरा पनि उनले उल्लेख गरेका छन् | त्यस्तै आफ्नो डेब्यु चलचित्र भए पनि अभिनयको हिसाबले आफुले पाएको भूमिकालाई आफुले सक्दो न्याय गर्ने प्रयास गरेको कुरा पनि स्पस्ट पारे |
img_0869
त्यस्तै चलचित्रका निर्देशक लक्षु गौतमले पनि चलचित्र निकै राम्रो बनेको बताए | यस क्षत्रमा नया डेब्यु निर्देशकको हिसाबले पाईला राखेता पनि आफुले आफ्नो तर्फबाट चलचित्र राम्रो बनाउन कुनै कसर नछोडेको बताईन | त्यस्तै दर्शकहरुले चलचित्रमा नेपालका सुन्दर मनोरम दृश्यहरुको साथमा भरपुर मनोरंजन प्राप्त गर्ने खुराकहरु पनि भेट्नु हुने विश्वास उनले ब्यक्त गरेकी छिन् | चलचित्रको छायांकन काठमाडौँ , पोखरा र मुस्ताङ्ग स्थित मुक्तिनाथ क्षत्रमा गरिएको छ |
Ta-Ma-Ra-U
श्रद्धा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुदिन प्रसाई , निता ढुंगाना , आमेश भण्डारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा सुदिन प्रसाईको कथा रहेको छ | त्यस्तै चलचित्रमा शिव परियार र आमेश भण्डारीको संगीत र शम्भु सापकोटाको छायांकन समावेश रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: