Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
हिजो मंसिर १० गतेबाट प्रदर्शनमा आएको चलचित्र “पुरानो डुंगा” ले आज दोस्रो दिनमा अत्याधिक दर्शकहरुको साथ पाएको छ | पहिलो दिनको अधिक सफलता पछि आज दोस्रो दिन देशभरका सिनेमा हलहरुले चलचित्र पुरानो डुंगा हेर्न दर्शकहरुको चापलाई थेग्न सकेको छैन | काठमाडौँ उपत्यका संगै मोफसलका सिनेमा हलहरुको हालत पनि उस्तै रहेको छ | देशभर अहिले मात्र पुरानो डुंगा को चर्चा परिचर्चा भईरहेको छ | दर्शकहरु चलचित्र हेर्न उर्लेर तिब्र गतिमा सिनेमा हल तर्फ बढिरहेको देखिन्छ | आज बिहानै देखि काठमाडौँको सम्पूर्ण सिंगल थिएटर देखि मल्टिप्लेक्स हलहरुमा दर्शकहरुको अत्याधिक भिड देखिएको छ | दर्शकहरुले चलचित्र हेर्न लामो लाईन बसेर पनि टिकट नपाएर अर्को शो को लागि पनि घन्टौ पर्खेका छन् |
purano-dunga
purano-dunga
purano-dunga
purano-dunga
त्यसै गरि काठमाडौँको मल्टिप्लेक्स हलहरुमा आज दिनभरिको साझ सम्मको सम्पूर्ण शो बुकिङ्ग भईसकेको छ | चलचित्रको यो रफ्तारको हिसाबमा चलचित्रले भोलिको दिनहरुमा अधिक दर्शकहरुको साथ् पाउने कुरा हल ब्यवसाईहरुले बताएका छन् | अहिले सडक देखि गल्लिमा मात्र पुरानो डुंगा को नाम रहेको छ | चलचित्र हेरिसके पछिको दर्शकहरुको प्रतिक्रिया पनि निकै नै राम्रो रहेको छ | चलचित्रमा कलाकारहरुको अभिनय उत्कृष्ट रहेको र चलचित्रको कथा वस्तु सारै मार्मिक रहेको भनाई दर्शकहरुको रहेको छ |
purano-dunga

purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: