Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
मंसिर १७ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन आउन तम्तयार भएर बसेको चलचित्र “बिजुली मेसिन” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | युटुब मार्फत सार्वजनिक गरिएको यस गीतलाई टोपी ब्याण्डले निर्माण गरेको हो | यति बेला चलचित्र युनिट भने प्रचार प्रसारमा निकै ब्यस्त रहेका छन् |
bijuli-machine
अहिलेको युवा पिडिलाई जागरुक बनाउने सोचको साथमा तयार गरिएको चलचित्रमा हाम्रो देशको मुख्य समस्याका धेरै कुराहरुको मिश्रण गरिएको छ | चलचित्रमा रमाइलोको पनि थुप्रै खुराकहरु दर्शकहरुले पाउन सक्नु हुनेछ | चलचित्रमा प्रस्तुत बिषय वस्तु र प्रस्तुतिले दर्शकहरु माझ निकै नै राम्रो संदेश प्रवाह गर्ने विश्वास निर्माण पक्षेले व्यक्त गरेको छ | यसका साथमा सम्बन्धित निकायको ध्यान आकर्षण गर्नुको साथै देशमा भएको समस्याको समाधानको लागि निकास खोज्ने काममा पनि चलचित्रले ठुलो मदत पुर्याउने धारण निर्माण पक्षेको रहेको छ |
bijuli-machine
bijuli-machine
चलचित्रमा अभिषेक सुबेदी , जीवन अधिकारी , रेलिजा श्रेष्ठ , आश्रय भट्टराई , राजेश हमाल , आकाश मगर , अमृत बाबु केसी , अभिसेश नेपाल , जिबन भट्टराई , अशेष लुइँटेल , रिअर राई , बुद्धि तामाङ्ग , लक्ष्मी भुसाल र कमल मणि नेपाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम नविन अवालले गरेका छन् | चलचित्रको निर्माता तर्फ भने रिशव आचार्य , संजीव न्यौपाने , दिपेश बस्नेत , बिन्दु तिमिल्सिना र सन्तोष लामिछाने रहेका छन् | चलचित्रमा रोहित शाक्यको संगीत र हरि हुमागाईंको छायांकन रहेको छ |
हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: