Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
दावा लामा र किशोर थापा मगरको निर्माणमा चलचित्र “चक्कर” बन्ने भएको छ | निर्देशक अनुष्क रौनियारले चलचित्रको निर्देशन गर्ने भएको छ | चलचित्रको शुभ साईत संगै चलचित्रको युनिट छायांकनको लागि प्रस्थान गरिसकेको छ |
chakkar
चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा र एवान राज उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रले आउदो बर्षको सुरुवातमा प्रदर्शनको संकेत दिएको छ | चलचित्रका कार्यकारी निर्माता समेत रहेका चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्मको शुभ साईत गरेका थिए |
चलचित्रमा रविन आचार्यको छायांकन तथा उत्तम न्यौपानेको पाश्र्व संगीत रहने छ |

Leave a Reply

%d bloggers like this: