Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
आउदो बर्षको सुरुवातमा प्रदर्शन मिति तय गरेको चलचित्र “लभ लभ लभ” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ | युटुब मार्फत सार्वजनिक भएको टिजरमा चलचित्रका नायक सुरज पाण्डे र स्वस्तिमा खड्कालाई देखिएको छ | त्यस्तै सार्वजनिक टिजरमा नायक सुरज पाण्डेले नायिका स्वस्तिमा खड्काको लागि केन्द्रित बनाएर मायाको बिषयमा केहि संवाद बोलेको देखाइएको छ |
love-love-love
निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रेम कथालाई धेरै केन्द्रित गरिएको छ | अहिलेको युवा पुस्तालाई बिशेष ध्यानमा राखेर चलचित्र तयार गरिएको निर्देशक दिपेन्द्र के खनालले बताएका छन् | चलचित्रमा सुरज र स्वस्तिमा संगै रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रलाई निरज कंडेलले छायांकन गरेका छन् | त्यस्तै चलचित्रका निर्माता शर्मिला पाण्डे हुन् | चलचित्र निकै नै राम्रो बनेको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उनले ब्यक्त गरेकी छिन् |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: