Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली चलचित्र क्षत्रका विज्ञहरुले गरेको अनुमान आज आएर सत्यमा साबित भएको छ | प्रशंग हो अहिले सम्मकै बहु प्रतिक्षित चलचित्र “पुरानो डुंगा” को | लामो समयको नेपाली दर्शकहरुको पर्खाई आज आएर सकिएको छ | चलचित्र “पुरानो डुंगा” आज मंसिर १० गते अर्थात् शुक्रवार देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको छ | चलचित्रले आज पहिलो दिनमा नै राजधानीमा मात्र नभएर देशभरका हलहरु हाउसफुल गरेको छ | काठमाडौँमा बिहानको शो मा नै गोपी कृष्णको ५ वटै ठुलो हल चलचित्र “पुरानो डुंगा” ले हाउसफुल गरेको छ | त्यस्तै गुण सिनेमा , अस्टनारायण , कलंकी लगाएतका सम्पूर्ण हलहरुमा हाउसफुल बम्पर शो ओपेनिङ्ग गरेको छ | त्यस्तै मोफसलका फिल्म वितरक मनोज राठीका अनुसार धरान , पोखरा , नारायणघाट , बुटवल , इटहरी , बिर्तामोड , चितवन लगाएतका नेपालका सम्पूर्ण हलहरुमा चलचित्रले हाउसफुल शो गरेको छ |
purano-dunga
त्यस्तै आज पहिलो दिनमा नै अधिकांश ठाउमा दर्शकहरुले टिकट नपाएको अवस्था रहेको छ | एक हिसाबले भनौ भने “पुरानो डुंगा” ले नेपाली चलचित्रमा महासागर नै लिएर आएको छ | डुंगा महासागरमा चल्ने हो तर आज दर्शकहरुको महासागरमा “पुरानो डुंगा” चलेको छ | नेपाली चलचित्र इतिहासमा यो पहिलो पटक यस्तो भएको हुन सक्छ | त्यस्तै राजधानीमा गोपी कृष्ण हलमा बलिउड बादशाह शाहरुख खानको चलचित्रले “पुरानो डुंगा” को कारण ले ठाउँ पाउन सकेन | चलचित्र “पुरानो डुंगा” हेर्न दर्शकहरुको अत्याधिक चाप भएको कारणले गर्दा बलिउड स्टार शाहरुख खानको चलचित्र चल्न सकेन | यसका साथै भोलिको दिनको अग्रिम टिकट पनि आज नै बुकिङ्ग भएर सकिने अवस्था रहेको जानकारी प्राप्त भएको छ | त्यस्तै चलचित्रले सिंगल थिएटर मात्र नभएर राजधानी सहित देशभरका मल्टिप्लेक्समा समेत पुरा कब्जा जमाएर बसेको छ |
purano-dunga
देशभरको माहोल जता ततै अहिले “पुरानो डुंगा” मय बनेको छ | देशभरबाट अहिले मात्र हाउसफुल खबर मात्र प्राप्त भईरहेको छ | दर्शकहरुले चलचित्र हेरिसकेपछि चलचित्र अत्याधिक राम्रो बनेको प्रतिक्रिया दिएका छन् | चलचित्रका अधिकांश कुराहरुले दर्शकहरुको मन छोएको छ | त्यस्तै अहिले सबैको मुखमा चलचित्र “पुरानो डुंगा” को मात्र नाम रहेको छ | दर्शकहरु टिकट नपाएर घन्टौ सम्म लाईन बसेको खबर पनि अहिले चारैतिरबाट प्राप्त भएको छ |
purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: