Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पुस २२ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “भ्रम” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | सार्वजनिक ट्रेलर हेर्दा चलचित्रलाई हामी हरर चलचित्रको नाम दिन सक्छौ | सार्वजनिक ट्रेलरमा हामी केहि सस्पेन्स दृश्यहरुको समायोजन भएको देख्न सक्छौ | अरु भन्दा केहि फरक ढंगले चलचित्रलाई प्रस्तुत गर्न खोजिएको कुरा पनि ट्रेलरले स्पस्ट पर्दछ |
bhram
bhram
युएस फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा कर्मा शाक्य र भिन्तुना जोशी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रको कथा लेखन तथा निर्देशन गर्ने काम रबिन्द्र शाहीले गरेका छन् | त्यस्तै चलचित्रका निर्माता तर्फ भने श्याम ल्वागुना र सुरेश गमाल रहेका छन् | चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन , कुमार महर्जनको द्वन्द , गोबिन्द प्रभातको नृत्य र रक्की धसुको संगीत समावेश रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: