Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा लामो समय देखि लागिपरेका व्यक्तिहरुको संख्या निकै धेरै रहेको छ | तर पछिल्लो समय नया प्रतिभाहरुको आउने क्रम पनि निकै तिब्र नै रहेको छ | धेरै नया कलाकारहरुको जन्म भयो आफ्नो प्रस्तुतिको साथमा दर्शक श्रोताहरुको माझमा आएपनि तर निकै कमले मात्र सफलताको सिडी चडेर अगाडी बढे | यस्तै आफ्नो पहिलो प्रयासबाट नै दर्शक श्रोताहरुको भिडमा आफ्नो नामलाई अगाडी लिएर आउन सफल कलाकार हुन् गायक सरोज लामा | उनले केहि समय अगाडी मात्र आफ्नो पहिलो “चोखो माया” बोलको नया गीत दर्शक श्रोताहरुको माझमा सार्वजनिक गरेका थिए | उक्त गीतले निकै छोटो समयमा नै दर्शक श्रोताहरुको मन जित्न सफल रहयो | प्रमोद कोइरालाको शब्द संगीतमा तयार भएको उक्त गीतमा गायक सरोज लामा र गायिका आकांक्षा बश्यालले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतको चर्चा परिचर्चा यति लामो समय बिति सक्दा पनि अहिले सम्म पनि रहिरहेको नै छ | उक्त गीतले गायक सरोज लामाको नामलाई एक्कासी माथि लिएर आइदिएको छ |
saroj-lama
saroj-lama
नेपाली चलचित्रको अवार्ड कार्यक्रम संगै नेपाली गीत संगीतको अवार्ड कार्यक्रम पनि नेपालमा प्राय भईनै रहन छन् | तर नेपाली गीत संगीतको अवार्ड कार्यक्रम त्यति विवादमा मुछिनेमा पर्दैन | यस्तै यहि मंसिर २४ गते राजधानीमा यस्तै एउटा अवार्ड कार्यक्रमको आयोजना हुने भएको छ | अवार्डको नाम को “बिन्दवासिनी म्युजिक अवार्ड २०७३” | धेरै लामो समय देखि यो अवार्ड नेपालमा हुने गरेको छ जसमा नेपालका बर्ष भरिको गीत संगीतलाई छानेर सम्मान गरिने गर्दछ | नेपाली गीत संगीत प्रति निष्ठावान हिसाबले लागिरहनु भएका र यस क्षत्रमा प्रवेशको क्रममा रहनु भएका नया कलाकारहरुको हौसला र प्रेरणाको लागि पनि यस अवार्डको आयोजना गरिने गरिएको छ |
saroj-lama
यसै अवार्डको “बेस्ट दुएट सोङ्ग ओफ द यिअर” मा गायक सरोज लामाको “चोखो माया” बोलको गीत छनोटमा परेको छ | यसै गीत अन्तर्गत गायक सरोज लामा र गायिका आकांक्षा बश्याल पनि नोमिनेसनमा परेका छन् | उनको यस गीतको अवार्डको भिडन्तमा अरु ४ वटा गीतहरु पनि समावेश रहेको छ | आफ्नो गीत राम्रो रहेको र दर्शक श्रोताहरुले पनि अत्याधिक मनपराउनु भएको हुनाले यो अवार्ड पाउनेमा आफु आशावादी रहेको कुरा पनि उनले उल्लेख गरेका छन् | त्यस्तै यसरी आफ्नो गीत कुनै सम्मानको लागि छनोटमा पर्नु आफ्नो लागि ठुलो उपलब्धि रहेको र यसको सबै श्रेय उनले दर्शक श्रोताहरुलाई नै दिएका छन् | त्यसै गरि उनले आफ्नो गीतलाई अत्याधिक भोट गरेर जिताईदिनु हुन दर्शक श्रोताहरु सम्क्षे बिन्ति बिसाएका छन् | यदि उनको गीत मनपरेर उनलाई जिताउन चाहनु हुने दर्शक श्रोताहरुले BMA 11D लेखेर 33001 मा म्यासेज पठाएर भोट गरि उनलाई जिताउन सक्नु हुनेछ |
saroj-lama
लामो समय देखिको साधना र मेहेनतले यस क्ष त्रमा प्रवेश गरेका उनले अबको आफ्नो नया गीत छिट्टै नै सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिएका छन् | सबै काम सकिएको तर भिडियोको लागि भने केहि समय लाग्ने भएकोले सके सम्म चाडै आफ्नो नया गीत सार्वजनिक हुने प्रस्ट पारेका छन् | अहिले उनि आफ्नो नया गीतको म्युजिक भिडियोको तयारीमा कम्मर कसेर जुटेका छन् | दर्शक श्रोताहरुले आफुबाट धेरै नै आशा राख्नु भएकोले पनि आफुले यसपटक पहिलेको भन्दा पनि अझै राम्रो प्रस्तुति दर्शकहरु माझ राख्ने कोसिस आफुले गरेको कुरा उनले उल्लेख गरेका छन् | यसै गरि उनले अब निकै कम समयमा नै आफ्नो नया गीत आउने भएकोले केहि समय पर्खिदिनु हुन सबै दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: