Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
अधिक लामो समय देखि रहिआएको नेपाली सम्पूर्ण दर्शकहरुको पर्खाई अब सकिने क्रममा छ | प्रशंग हो चलचित्र “पुरानो डुंगा” को जसको पर्खाई नेपाली सम्पूर्ण दर्शकहरुलाई नेपालमा मात्रै नभएर बिदेशमा समेत धेरै लामो समय देखि रहेको छ | अब यस चलचित्रको प्रदर्शन मिति निकै नजिक आइसकेको छ | चलचित्र मंसिर १० गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुदैछ | जसको लागि अब हामी संग मात्र १ हफ्ता भन्दा पनि कम समय बाकी रहेको छ | चलचित्र प्रदर्शनमा आउनु भन्दा धेरै अगाडी देखि कुनै चलचित्रको यति धेरै चर्चा हुनु सायदै यो नेपाली चलचित्र क्षत्रको इतिहासमा पहिलो पटक हो | आज भन्दा करिब ५ महिना अगाडी चलचित्रले आफ्नो पहिलो टिजर स्वरुप “निर जैले रिसाउने” बोलको पहिलो गीतको सानो झलक र त्यसै गीतको अडियो गीत सार्वजनिक गरेको थियो जसले नेपालमा मात्र नभएर बिदेशमा समेत अत्याधिक चर्चा कमाएको छ | उक्त गीतलाई करिब ५ महिना भित्र युटुबमा मात्र ५२ लाख दर्शकहरुले अबलोकन गरिसकेका छन् | त्यस्तै उक्त गीतले अहिले सम्मको नेपाली चलचित्र क्षत्रको सबै जसो गीतको रेकर्ड तोडिसकेको छ | त्यस्तै उक्त गीतको अहिले कवर भिडियो पनि हामी युटुबमा अत्याधिक मात्रामा देख्न सक्दछौ |
purano-dunga
यस चलचित्रको एउटा मात्र गीतले पुरा नेपाली चलचित्र जगतमा तहल्का मच्चाएको छ | कालीप्रसाद बास्कोटाको शब्द संगीत तथा स्वरमा सजिएको यस रमाइलो गीतले यस बर्षको दशैं तिहार पनि आफ्नै कब्जामा पारेको छ | सहरको गल्लि देखि गाउगाउको कुना कुनामा यस गीतले दर्शकहरुको मन जितेको छ | स्कुल , कलेज , क्याम्पस , गाडी , सानो पसल देखि सबै ठाउँमा सबैको मुखमा यो गीतनै झुन्डिएको पनि देखियो | गीतको यति धेरै चर्चा परिचर्चा र सफलता पछि सबै नेपाली दर्शकहरुलाई चलचित्रको प्रदर्शन मितिको पर्खाई रहेको थियो जुन अब यो हफ्ता सकिदै छ | चलचित्रको सार्वजनिक ट्रेलरले पनि धेरै दर्शकहरुको मनमा लागेको कुराको प्रश्नको केहि उत्तर दिइसकेको छ भने बाकी उत्तर प्राप्तिको लागि भने सबै जना चलचित्र हेर्नको लागि हलसम्म जानै पर्ने हुन्छ |
purano-dunga
सार्वजनिक ट्रेलरमा हेर्दा चलचित्रमा समावेश कथा वस्तु र गीत संगीत चलचित्रको अब्बल पक्षे रहेको देखिन्छ | नेपाली समाजको वास्तविक कथालाई पर्दामा निकै उत्कृष्ट ढंगले उतार्ने प्रयास निर्देशक राम बाबु गुरुङले गरेका छन् | उनको कामको खुबी त यो भन्दा अगाडी उनका २ सर्भादिक सफल चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” मा सबैले हेरिनै सक्नु भएको छ | एउटा सामान्य परिवारको कथा जसमा २ भाईको कहानी र समयको गति संगै त्यहि परिवारमा आइपर्ने समस्याको बारेमा चलचित्रमा चित्रण गर्न खोजिएको कुरा निर्देशक राम बाबु गुरुङले बताएका छन् | चलचित्रको ट्रेलर हेर्दा चलचित्रको कथा वस्तु निकै सामान्य रहेको तर सबैको भित्रि मन सम्म सजिलै प्रवेश गर्न सक्ने देखिन्छ | चलचित्रले दर्शकहरुलाई हसाउने , रुवाउने र अधिक रमाइलो प्रदान गर्ने विश्वास निर्देशक राम बाबु गुरुङले ब्यक्त गरेका छन् | आफुले चलचित्रलाई राम्रो बनाउन सक्दो प्रयास गरेको र दर्शकहरुलाई मनोरंजन दिने सबै खुराकहरुको मिश्रण चलचित्रमा गरेको पनि उनले उल्लेख गरेका छन् |
purano-dunga
purano-dunga

यति बेला चलचित्र युनिट प्रचार प्रसारमा ब्यस्त रहेको छ | निर्माण पक्षे यति बेला उपत्यका भित्र मात्र नभई उपत्यका बाहिरका ठाउँहरुमा पनि निकै तिब्र रुपमा चलचित्रको प्रोमोसनको लागि दौड धुप गरिरहेको छ | त्यसै गरि चलचित्र मंसिर १० गते अर्थात् नोवेम्बेर २५ देखि नै अस्ट्रेलियाको ७ वटै स्टेटमा प्रदर्शनमा आउन लागेको जानकारी निर्देशक राम बाबु गुरुङले दिएका छन् | यो चलचित्र अहिले सम्म कै मोस्ट वेटेड चलचित्रको सूचिको सबैभन्दा माथि रहेको छ | चलचित्र निकै राम्रो बनेको र चलचित्रले सम्पूर्ण नेपाली दर्शकहरुलाई भरपुर मनोरंजनको साथमा खुशी प्रदान गर्ने निर्माण पक्षेले बताएको छ |
purano-dunga
purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
purano-dunga
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: